कनकाई अनलाईन
झापा बाह्रदशी निवासी नितेश ओली उमेरले भर्खर २२ बर्षमा पुगेका छन । यो उमेर सामान्यतय मानिसहरुका लागि अध्यानगर्ने उमेरकै रुपमा लिने गरिछ न्छ । तर मानिस पढेर भन्दा परेर जानिन्छ भन्ने उखानसग मेल खानेगर्छ ओलीको जीवनको लोभलाग्दो सफलतालाई हेरेर ।
ओली १८ बर्षको उमेरमै बिर्तामोडबाट देशकै प्रमुख धार्मिक क्षेत्र ताप्लेजङ्गको पाथिभरासम्मको पैदल यात्रा गरेका थिए । उनले यो यात्रा ५ दिनमा सकेका थिए । ओली भन्छन १८ बर्ष उमेर पुगिसकेपछि कानुनले समेत सावालिक भएको ठान्दछ यसकारण पनि मैले १८ बर्षमा पुगेपछि धार्मिक र सामाजिक चेतनाका लागि अभियानकै रुपमा मैले यो पैदल यात्रा गरेको हु । ओलीले पैदल यात्रा थालेपछि पाथिभरामा पैदल यात्रा जाने क्रम वढेर गएको ओलीको भनाई छ ।
१८ बर्षमा बिर्तामोड ताप्लेजुङ्ग पैदल यात्रापछि उनको यो सामाजिक जीवन अझ अगाडि वढ्दै गएको पाइएको छ । त्यसपछि ओलीले पाथिभरा सरसफाई अभियाननै संचालन गरेका थिए । यस अभियानमा २५ जनाले नियमित पाथिभराको सरसफाई गरेको थियो । पाथिभरा देखि मेचीकाली सरसफाई अभियान लिएर मेचीकाली सम्म नितेश पुगेका थियो । हाल यो अभियान जारी रहेको छ । पर्यटकिय क्षेत्र मानिने देशलाई सधै सरसफाई राख्नुपर्छ भन्ने विभिन्न जनचेतनामुलक शन्देश प्रभाह गर्नका लागि आफुले सरसफाई अभियान जारी राखेको ओलीको भनाई छ । झापा लगायात देशका अन्य शहरहरुमा बाटो काटनका लागि पैदल यात्रुलाई सहज होस भनेर सडकमा जेब्रा क्रसिङ्ग बनाउने, अनाथ असक्तहरुका लागि न्यानो कपडा र खाद्यान्न वितरण देखि लिएर अन्य सामाजिक कामहरुका लागि उत्तिक्कै सक्रिय रहेका छन । सामाजिक काम गर्नका लागि सामाजिक अभियान्ताको ग्रुपनै बनाएर आफैपनि कमाएको रकमबाट खर्च गर्ने र देश विदेशमा रहेका मुख्य गरेर युवा समुदायलाई सहयोगका लागि आव्हान गर्दै आर्थिक संयोजन गरिरहेका नितेश हाल व्यावसायिक रुपमा पुर्वकै चर्चित पर्यटकिय क्षेत्र ह्रप्पी ड्रिम्स चेप्टीका व्यावस्थापक तथा आफ्नै पशुपति राईश मिल संचालन गरिरहेका छन ।
२२ बर्षमै यो सफलता हासिल गरेका युवा नितेश ओली युवालाई व्यावसायिकको साथमा सामाजिक उत्तरदायित्वपनि निभाउनका लागि सुझाव दिन्छन । भन्छन युवाले सधै व्यापारिक र व्यावसायिक मात्रै हुने होइन सामाजिक उत्तरदायित्वपनि निभाउन जानेको हुनुपर्छ ।
प्रस्तुती प्रेमबहादुर जिम्बा कनकाई अनलाईन