कनकाई अनलाईन
झापा गाउँपालिकाले यस आर्थिक बर्षमा कक्षा ९ मा अध्यानरत् सबै छात्र छात्रालाई साईकल वितरण गरेको छ ।
विशेष कार्यक्रमका विच झापा गाउँपालिकाका अध्यक्ष जयनरायण शाह, उपप्रमुख अन्जुदेवि थपलिया लगायातले मंगलवार झापा गाउँपालिकाका जनता मावि, डिल्लीराज मावि, जनकल्याण मावि, कुवाडीदेवि मावि र महेन्द्र माविका अध्यानरत् ४६० छात्रछात्रालाई साइकल वितरण गरेको हो ।
साइकल विरतणका लागि यस आर्थिक बर्षका लागि कुल ३५ लाख रुपैँया बजेज बिनियोजित गरिएको झापा गाउँपालिकाकी उपप्रमुख अन्जुदेवि थपलियाले बताउँनुभयो ।
अघिल्ला बर्षहरुमा छात्राहरुलाई मात्रै साईकल बितरण गरिदै आएकोमा यसबर्षबाट कक्षा ९ मा अध्यानरत् छात्राछात्र दुबैलाई साईकल वितरण गरिएको झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताउँनुभयो ।
साईकल प्राप्त गरेपछि आफुलाई स्कुल जानका लागि सहज भएको स्थानीय जनकल्याण माविकी छात्रा सुनिता बेस्राले बताउँनुभयो ।
गाउँपालिकाले विद्यालयमा अध्यानरत् छात्रछात्रालाई साईकल वितरण गरेपछि विद्यालयमा विद्यार्थीहरु नियमित जान थालेको झापा गाउँपालिकाका शिक्षा प्रमुख जीवन ढकालले बताउँनुभयो ।
झापा गाउँपालिकामा सबै वार्डमा मावि तहको अध्यानगर्ने विद्यालय नहुदा विद्यार्थीहरुमा कक्षा छाडने समस्या अत्याधिक रहेपछि यसलाई हटाउनका लागि गाउँपालिकाले अध्यानगर्ने विद्यार्थीहरुका लागि साईकल प्रदान गर्न सुरु गरिएको
गाउँपालिका अध्यक्ष शाहले बताउँनुभयो । पालिकाले कक्षा १२ सम्म अध्यानगर्ने विद्यार्थीको सबै शुल्क गाउँपालिकाले तिरिदिने र प्राविधिक शिक्षा अध्यानगर्न चाहने विद्यार्थीहरुलाई समेत बार्षिक एकमुष्ठ १२ हजार रुपैँया प्रदान गरिने शाहले बताउँनुभयो ।
साईकल पाएपछि आफुहरुलाई स्कुल जानआउन सजिलो मात्रै नभएर थप अध्यानका लागि समेत सजिलो भएको छात्रछात्राहरुले बताउँनुभयो ।
साईकल बितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गजेन्द्र थपलिया, झापा गाउँपालिका वार्डनम्बर ७ का वडाअध्यक्ष सखिचन्द्र ठाकुर, डिल्लीराज माविका प्रअ विरेन्द्रप्रसाद गुप्ता, झापा गाउँपालिका शिक्षा महासंघका अध्यक्ष जग्गनाथ राजवंशी लगायातले गाउँपालिकाले शिक्षाका क्षेत्रमा महत्वपुर्ण लगानी गरेको बताउँनुभयो ।