Kanakai Online

कनकाई माईमा मकर स्नान गर्नेको बिहानै देखि भीड


आइतवार, माघ १, २०७९ |

कनकाई अनलाईन
झापाको कनकाई नदिमा बिहानै देखि मकर स्नान गर्न र माघे मेला भर्न देश तथा विदेशबाट हज्जारौको सङ्ख्यामा दर्शनार्थीहरुको भीड लागेको छ ।


कनकाई नदिको दुबै किनारामा माघे मेलालाई लक्षित गरेर ठुलो मेला समेत लागेको छ ।


पुस २९ गतेदेखि मकर स्नान गर्न आउने देश विदेशका भक्तजनलाई लक्षित गरेर माईवेनी मेलाको आयोजना गरिएको मेला व्यावस्थापन समितिका अध्यक्ष श्यामकुमार राईले बताउँनुभयो । मेला भर्न र मकर स्नान गर्नका लागि नेपाल तथा छिमेकी देश भारतबाट समेत आइतवार मकर संक्रान्ति मेला भर्न र मकर स्नान गर्नका लागि ठुलो सङ्ख्यामा भक्तजनहरुको भीड लागेको छ । मेलालाई लक्षित गरेर सुरक्षा लगायातका सबै व्यावस्थापन मिलाइएको मेला आयोजक समितिका शंकर भट्टराईले बताउँनुभयो । कनकाई माईमा स्नान गरे छाला सम्बन्धि रोग निको हुने र मकर स्नान गरेर तिलको लडडु र तरुल खाए, तिलको आगो ताप्नाले सबै पापकर्मबाट समेत मुक्ति मिल्ने जनविश्वास रहिआएको छ ।