Kanakai Online

झापामा उत्पादित सौर्य उर्जाले झापा जिल्लालाई विद्युत पुग्ने


बिहिवार, पौष २८, २०७९ |

कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिका–४ बोलोचोकमा निर्माण हुन लागेको सौर्य उर्जामा आधारित विद्युत उत्पादनले झापा जिल्लाभरलाई विद्युत पुग्ने झापा इनर्जीले जनाएको छ ।
बिहिबार सौर्य उर्जामा आधारित विद्युत उत्पादन परियोजनामा काम गर्दै आएको झापा इनर्जी लिमिटेडको चौथो वार्षीक साधारण सभामा इनर्जी कम्पनीले जनाएको हो ।
२५ विगाह क्षेत्रफलमा बनाउन लागिएको यस परियोजनाले १० मेगावाट विद्युत उत्पादन गर्ने प्रक्षेपण गरिएको छ।

झापा इनर्जी लिमिटेडका अध्यक्ष एलपी सावाँ लिम्बुको अध्यक्षता र संबिधान सभाका पुर्व सभामुख सुवास नेम्वाङको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा अध्यक्ष एलपी साँवा लिम्बुले झापा इनर्जी लिमिटेडले अहिले सम्म गरेका कामहरुको चर्चा गर्दै बोलोचोकको सबस्टेसन सम्म तार बिछ्याई सकेको समेत साँवाले बताउँनुभयो । सोलार प्यानल आउने क्रममा रहेको र आउदो असार सम्ममा कम्पनीले विद्युत उत्पादन गरिसक्ने साँबाले बताउँनुभयो ।
कार्यक्रममा प्रमुख अतिथी पुर्वसभामुख तथा सांसद नेम्वांगले सौर्य उर्जामा आधारित विद्युत उत्पादनमा मुलुकलाई जोड्दै लग्नु पर्नेमा जोड दिनुभयो ।

प्रवन्धक सञ्चालक सुवास भट्टराईले सन्चालन गरेको कार्यक्रममा सञ्चालक रामचन्द्र उप्रेतीले स्वागत गर्नुभएको थियो । परियोजनाको लागत ८० करोड रुपैयाँ रहेको छ ।