Kanakai Online

झापाका क्रसर व्यावसायीहरु आन्दोलित


बुधवार, पौष २७, २०७९ |

कनकाई अनलाईन
सरकारले क्रसर व्यावसायीहरुलाई अपराधिका रुपमा हेरेको भन्दै झापाका क्रसर उद्योगी व्यावसायीहरुले आगामी पुस २८ गतेदेखि आफ्नो उद्योगहरु बन्द गर्ने घोषणा गरेका छन ।


बुधवार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजन गर्दै सरकारले आफ्ना उद्योगहरुलाई पहिला दर्ता गर्न दिने र कर समेत लिने गरेको तर पछि नियमहरु फेरबदल गर्दै उद्योगहरु नविकरण नगरिदिएको क्रसर व्यावसायी शेरबहादुर थापाले बताउँनुभयो । पछिल्लो समयमा क्रसर तथा खानी वालुवा उद्योगलाई लक्षित गरि गृह मन्त्रालयले अंकुश लगाएको आरोप क्रसर व्यावसायीहरुको रहेको छ । झापामा संचालनमा रहेका तर नविकरण नगरिएका ४० जति क्रसर उद्योगहरु रहेको र त्यसमा आधाजति बन्द भईसकेको क्रसर व्यावसायी तथा केन्द्रीय सदस्य केदार गिरीले बताउँनुभयो । राज्यलाई अबौ रुपैँया कर तिरीरहेको र हज्जारौको सङ्ख्यामा रोजगारीको समेत श्रृजना गरिरहेको व्यावसाय बन्द हुदा देश विकास र निमार्ण व्यावसायमा समेत असर गर्ने निमार्ण व्यावसायी महासंघका केन्द्रिय उपाध्यक्ष मोहन अधिकारीले बताउँनुभयो । यता गृह मन्त्रालयले नविकरण नगरिएका र कानुनी प्रक्रिया पुरा नगरेका क्रसर तथा बालुवा प्रशोधन उद्योगलाई बन्द गर्न सम्बन्धित जिल्लालाई परिपत्र दिएसगै झापा लगायात देशभरका क्रसर उद्योगीहरु आन्दोलनमा उत्रिएका छन ।


पत्रकार सम्मेलनमा क्रसर उद्योगका केन्द्रिय सदस्य क्रसर व्यावसायी केदार गिरी, क्रसर व्यावसायी दिपक चापागाई लगायातले पत्रकारले सोधेको जिज्ञासाको उत्तर दिनुभएको थियो ।