कनकाई अनलाईन
नेपाल भारत सिमस्थित झापाको झापा गाउँपालिका वडा नम्बर ४ र ५ को सिमानाबाट ब्राउनसुगर सहित एक जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–७ का २३ वर्षीय वामदेब मिश्र रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार दिउँसो २ बजे भारतबाट नेपाल आउँदै गरेका मिश्रलाई संका लागि चेक जाँच गर्दा उनको साथबाट ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ ३.५० ग्राम फेला परेको थियो।
शरणामती प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक बिरबहादुर भण्डारीको कमाण्डमा रहेको टोलीले मिश्रलाई पक्राउ गरेको हो।
उनका बारेमा थप आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।