Kanakai Online

पृथ्वी बचत तथा ऋण सहकारीमा पुन कुमारमणि पोखरेल


बिहिवार, पौष १४, २०७९ |

कनकाई अनलाईन
पृथ्वी बचत तथा ऋण सहकारी संस्थाको दशौ बार्षिक साधरणसभाबाट अध्यक्षमा पुन कुमारमणि पोखरेल सर्वसम्मत हुनुभएको छ ।
पोखरेल सहकारीका स्थापनाकालदेखिकै अध्यक्ष रहनुभएको छ । आज सहकारीको साधरणसभाले पुन पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिमा समेत पोखरेल नेतृत्वको पुरानै समितिले निरन्तता पाएको हो । अध्यक्षमा पोखरेल उपाध्यक्षमा एलपी उप्रेती, सचिवमा शिव कडेँल र सदस्यहरुमा निर्मला चाम्लिङ्ग राई, सुजन काफ्ले, विनिता मैनाली, डिपी गौतम, त्रिलोचन चिमरिया, जनक कार्की, जविन तिम्सिना, कमल कट्टेल रहनुभएको छ भने लेखा समितिको संयोजकमा लुवराज उप्रेती रहनुभएको छ । भने सदस्यमा सुमन कार्की र चन्द्रकला ढकाल रहनुभएको छ । सुरुङ्गास्थित जेसिज भवनमा आयोजित साधरण सभामा संहकारीका अध्यक्ष कुमारमणि पोखरेलले सहकारीको अध्यक्षको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सहकारीले आर्जन गरेको मुनाफाबाट कामहरु गर्ने गरेको बताउँनुभयो । संस्थाले आधुनिक सहकारीका मुल्य र मान्यतालाई सहकारीमा लागु गर्दै जाने प्रतिवद्धता जनाउँनुभयो ।

पोखरेलले सहकारीको शेयर पुजी हाल १ करोड २४ लाख ६२ हजार रुपैँया पुर्याइएको र आगामी आर्थिक बर्षमा १ करोड ४० लाख रुपैँया शेयर पुजी पुर्याउने समेत घोषणा गर्नुभयो । यसैगरि यस आर्थिक बर्षमा सहकारीले कुल ५७ लाख ३६ हजार ८ सय ५९ रुपैँया नाफा आर्जन गर्न सकेको समेत पोखरेलले जानकारी दिनुभयो ।
यसैगरि सहकारीले यसबर्ष पनि विभिन्न विधामा उत्कृष्ट बचतकर्ता, जेष्ठ शेयर सदस्यहरुलाई नगद सहित सम्मान गरेको छ । जसमा उत्कृष्ट बचतकर्तामा कनकाई ३ का रमेशप्रसाद संग्रौला र नर्वदा चौहान यसैगरि उत्कृष्ट ऋणिमा कनकाई १ का सन्जयकुमार चौधरी र सल्मा श्रेष्ठ यसैगरि जेष्ठ शेयर सदस्यमा घनश्याम बराल र जानुका धिताल रहनुभएको छ । सम्मानित व्याक्तित्वहरुलाई कनकाई नगरपालिकाका ३ का वडाअध्यक्ष युवराज चम्लगाई, जिल्ला सहकारीकी उपाध्यक्ष चम्पा खनाल सुवेदी सहकारीका अध्यक्ष कुमारमणि पोखरेल, कनकाई सहकारीका प्रमुख हरिप्रसाद पौडेल लगायातले सम्मान गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चम्लगाई, कनकाई सहकारीका अध्यक्ष प्रकाश चुडाल, साझा सहकारीका अध्यक्ष गोपाल उप्रेती लगायातले यस क्षेत्रमा विचार र उद्धेश्य मिल्ने सहकारीहरु एक हुनको विकल्प नरहेको बताउँनुभयो । कनकाई नगरपालिका क्षेत्रका सहकारीमा समेत समस्या देखा पर्न थालिसकेकोले वेलैमा सजग हुनुपर्नेमा सबैको जोड थियो । सहकारीका सचिव शिव कडेँलले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष एलपी उप्रेतीले स्वागत गर्नुभएको थियो ।