जनक न्यौपाने
झापाको मेचिनगर ७ स्थित अरनिको माध्यमिक बिद्यालयमा दुना टपरी बुन्ने प्रतियोगिताको आयोजना गरेको छ ।
विद्यार्थीलाई व्यावहारिक ज्ञान शीप प्रदान गर्ने उदेश्यले विद्यालयको अतिरिक्त क्रियाकलाप अन्र्तगत अन्तरसदन दुना ट्परी बुन्ने प्रतियोगिता राखिएको विद्यालयका सहायक प्रधानाध्यापक सृजना ढुङ्गेलले बताउँनुभयो । फरक प्रकृति र बिषयबस्तु बोकेको यस नौलो कार्यक्रमले बिद्यार्थीमाझ थप उत्सुकता र आकर्षण बढाएको सहप्रधानाध्यापक ढुङ्गेलले बताउनुभयो ।
विद्यालयका बालक्लब अध्यक्ष बिजय श्रेष्ठको सभापतित्व र स्थानिय ज्येष्ठ नागरिक लक्ष्मी खनालको प्रमुख आतिथ्यतामा आयोजित प्रतियोगितामा विद्यालयका चार सदनका १२ बिध्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम दोस्रो र तृतीय हुने विद्यार्थीलाई पुरस्कार समेत प्रदान गरिएको थियो । दुना टपरी घरमा धार्मिक कार्यहरु गर्दा अति आवश्यक रहने र पछिल्लो पुस्तामा यसका वारेमा जानकारी हराउदै गएका कारण विद्यालयले दुनम टपरी बुन्ने कार्यक्रमको प्रतियोगिताको आयोजना गरेको शिक्षक लोकेन्द्र थपलियाले बताउँनुभयो । यस्ता कार्यक्रमले विद्यार्थीलाई थप रचनात्मक बन्न समेत मद्धत गर्ने शिक्षक थपलियाले बताउँनुभयो ।
विद्यालयले अन्य बिबिध कार्यक्रमहरु कक्षागत हिज्जे प्रतियोगिता , अन्तर सदन गणितीय दौडको समेत प्रतियोगिताको आयोजना गरेको छ ।