
कनकाई अनलाईन
झापा र इलाममा रहेको गैडे सामुदायिक वन उपभोक्ता समुहको २६ औ बार्षिक साधरणसभा सम्पन्न भएको छ ।
जिल्ला वन कार्यालय इलामका सहायक वन अधिकृत राजकुमार खत्रीको प्रमुख आतिथ्यतामा वन समुहका अध्यक्ष नरबहादुर थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा वन समुहका अध्यक्ष थपलियाले वन समुहका सदस्यहरुका लागि निशुल्क शव जलाउनका लागि दाउरा प्रदान गर्नेदेखि, गरिव परिवारका लागि बिमा कार्यक्रम, गम्भिर प्रकृतिका रोगहरुका लागि सहयोगदेखि लिएर, खोलामा साखु जातको काठ बगाएर ल्याउने कामको नियन्त्रणको लागि विशेष पहल लगायातको काम गर्ने प्रतिवेदन प्रस्तुत गर्नुभयो । यसैगरि यस क्षेत्रको पर्यापर्यटनको विकासका लागि कनकाई एडभेन्चर प्रालिलाई १० बर्षका लागि भाडामा दिने लगायातका कामहरु प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा समुहका कोषाध्यक्ष रविन न्यौपानेले संस्थाका १ करोड ३७ लाख ८५ हजार बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा माई नगरपालिका वडानम्बर ८ का वडाअध्यक्ष अमृत मोक्तान, शिवसताक्षी नगरपालिका १० का वडासदस्य दिपक पोखरेल, एमालेका वडाअध्यक्ष वेनुप्रसाद संग्रौला लगायातले शुभकामना मन्तव्य राख्नुभएको थियो ।



