Kanakai Online

सुरुङ्गाको माहामारी नियन्त्रणमा


सोमवार, असोज १६, २०७४ |

कनकाई अनलाईन
सुरुङ्गा , असोज १६ गते । एउटै लक्षणका कारण झापा कनकाई नगरपालिका ४ सुरुङ्गामा २ जनाको मृत्यु र ९ जना सख्त विरामी परेर भएको माहामारी अहिल नियन्त्रणमा आएको छ ।
केहिदिनदेखि मुसहर टोलमा फैलिएको महामारीको कारण गाउँले त्रसिसत बनेका थिए ।
कनकाई नगरपालिका ४ टेक्रमा तीन दिनको अवधिमा टाउको दुख्ने ज्वरो आउने र रगत वान्ता भएर २ जनाको मृत्यु भएको थियो भने एक्कै गाउँको अरु ९ जना विरामी परेपछि गाउँनै आतंकित बनेको थिए । सो लक्षणकाकारण मुसहर वस्तीका २३ वर्षिय नारायण रिसिदेव र २४ वर्षिय बसन्ती रिसिदेवको मृत्युभएको हो ।
भने गाउँमा अन्य ९ जना २७ वर्षिय दुर्गा रिसिदेव , २४ वर्षिय मेनका रिसिदेव , २४ वर्षिय राधा रिसिदेव , ललिता रिसिदेव , सागर चौधरी , जिवन रिसिदेव , सुरे रिसिदेव र एक नाम नखुलेका चौधरी युवा रहनुभएको स्थानीय रामविलाश रिसिदेवले वताउँनुभयो । सुरुमा देउता विग्रिएको भन्दै मुसहर गाउँमा धामी झाक्रि लगाउन थालेपछि दुइ दिनमै गाउँमा एउटै प्रकारको लक्षणले २ जनाको ज्यान गएपछि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोखरेलको नेतृत्वको टोलीले आइतवार विरामी सवैलाई उपचारका लागि मेची अचल अस्पताल भद्रपुर लगेको थियो । ंहाल मृतकको शवलाई पोस्ट म्याटम गरिएको र विरामी सवैको परिक्षण पछि फुट पोइजन हो कि अन्य कारणले गाउँमा महामारी भएको भन्ने वारेमा परिक्षण भइरहेको समेत मेची अंचल अस्पताल भद्रपुरकी मेडिकल अफिसर डा ः पुजन खडकाले वताउँनुभयो । हाल उपचारमा आएका मध्ये एकजनावाहेक सवैलाई औषधि दिएर डिस्चार्ज गरिसकेकोले पहिले जत्तिकै आंतकित हुनुपर्ने अवस्था नभएको समेत खडकाले वताउँनुभयो ।
वेलैमा उपचारका लागि विरामी नल्याउनुनै विरामीको मृत्युको कारण भएको समेत खडकाले वताउँनुभयो । यता अशिक्षा र गरिवीको मारमा रहेको मुसहर वस्तीमा थप संङकमण फैलिन सक्ने भन्दै स्थास्थ्यकर्मीको टोली तयारीमा राखिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले वताउँनुभयो ।
 
 
 

सम्बन्धित खबर