Kanakai Online

पिकनिक खान देश विदेशबाट हेप्पी ल्याण्ड सेल्फीमा पर्यटकको घुईचो


आइतवार, पौष १०, २०७९ |

कनकाई अनलाईन
जाडोको याम सुरु हुनसाथ सुरु भएको पिकनिकको सिजनमा कनकाई नगरपालिका २ र ३ को सिमानामा रहेको हेप्पी ल्याण्ड फनपार्क सेल्फी डाँडोमा नेपाल तथा भारतबाट समेत वाक्लो सङ्ख्यामा पिकनिका लागि रोजाई बनाउदै आएका छन ।


पिकनिक खाने स्थानमा प्रवेश गरेपछि सयौ दृश्य हेर्न पाइने र वालवालिका देखि वृद्ध उमेर समुहका सबैलाई लक्षित गरेर खेल सामाग्री र सबै दृश्य एक्कै स्थानमा हेर्न पाइने सुनेर धरानबाट आफु र स्कुलबाट विद्यार्थीहरु लिएर आएको धरानको वुद्ध आदर्श बोडिङ्ग स्कुलकी सरस्वती योगीले बताउँनुभयो । हामीले मिडियामै सुनेर आएका थियौ सोचेभन्दा राम्रो पायौ नेपालमा पनि यतिराम्रो स्थानहरु हुदारहेछन योगीले भन्नुभयो ।

सुरुमा अन्य स्थानमा जाने कुरापनि भएको थियो तर यहाँ आएपछि भने हामीले राम्रो स्थानको चयन गरेछौ जस्तो लाग्यो योगीले भन्नुभयो । यता प्राय व्यावसायमा व्यस्त रहने मारवाडी समुदायले समेत यस क्षेत्रलाई पिकनिकका लागि रोजाई बनाएको पाइएको छ । दमक मारवाडी महिला मंचकी विकि साहेवाला आफुहरु यस स्थानमा पिकनिक खान आएकोमा फेरि पनि फुसर्द हुनसाथ आउने बताउँनुभयो । सबै सुविधाहरु एक्कै स्थानमा भएकोमा आफुहरुलाई कुनै झन्झट नभएको साहेवालाको भनाई थियो । पानी र घुम्नका लागि पनि दिनभर पुग्ने ठाउँ भएकोले पिकनिकका लागि उपयुक्त स्थान भएको उहाँको भनाई थियो । भारत सिलुगुडीबाट पिकनिकका लागि आउँनु भएकका रोषन अग्रवालले जहाँजदेखि पोखरी र सेल्फी डाँडो विभिन्न देशमा पाइने दुलर्भ बोटबिरुवाहरुले आफ्नो मन जितेको बताउँनुभयो । खासमा स्कुल कलेज तथा विभिन्न कार्यालयबाट पिकनिक खानका लागि देश विदेशबाट अहिले दिनहुजसो पर्यटकहरुको घुइचो लाग्ने गरेको पाइएको छ ।

यस पिकनिकका लागि आउने पर्यटकहरुले गर्मी सिजनमा पौडी खेल्ने र अन्य वेला समेम जीप लाइन चढने, सिनेमा हेर्ने, विभिन्न पिङ लगायातका खेल तमासाहरु हेर्ने र खेल्ने पाइएको छ । निजि लगानीमा संचालित यस फनपार्कका संचालक मनोज शिवाकोटीले आफुहरुले सुरुमा ह्याप्पील्याण्ड फर्नपार्कका रुपमा संचालनमा ल्याएपनि सबै घुम्न आउनेहरुले मन पराएइदिएर सेल्फी डाँडा नाम राखिदिएको बताउँछन । सन्का खोलाको बगरमा रहेको माटोलाई थुपारेर बनाइएको डाँडोलाई सिंगारेर सेल्फी डाँडो बनाइएको मनोजले बताउँनुभयो । पार्किङ्ग सहित ५ बिगाह क्षेत्रफलमा रहेको यस स्थानलाई खासमा विद्यार्थीहरुले घुम्नमात्रै नभएर शिक्षा समेत लिन आउने गरेको शिवाकोटीले बताउँनुभयो । २ सयको टिकट प्याकेजको रुपमा काटेर पार्क छिरेर ६ सय रुपैँयाको खेल मात्रै खेल्न पाउने र पार्क पनि घुम्न आउने र पिकनिक समेत फ्रिमा खानका लागि स्टल दिने शिवाकोटीको भनाई छ । ह्याप्पी ल्याण्डमा देशकै सस्तो जिपलाईन समेत संचालनमा आएको बताउँनुभयो । बिर्तामोडबाट १० किलोमिटर पश्चिम तथा सुरुङ्गा बजार राजमार्गबाट १ किलोमिटर उत्तरमा रहेको यस फनपार्कमा जानका लागि सहजै साना ठुला गाडी र अटोरिक्साहरु उपलब्ध रहेका छन ।