Kanakai Online

दोमुखा बहुउद्धेश्यीय सहकारीको २३ औ साधरणसभा


शनिवार, पौष ९, २०७९ |

कनकाई अनलाईन
झापाको सुरुङ्गामा रहेको दोमुखा बहुउद्धेश्यीय सहकारी संस्थाको २३ औ वार्षिक साधरणसभाको अवशर पारेर विभिन्न उत्कृष्ट कर्मचारी र बचतकर्तालाई सम्मान गरेको छ ।


सहकारी संस्थाले जेष्ठ नागरिकका रुपमा देविप्रसाद कडरिया र भवानी दाहाल, उत्कृष्ट बचतकर्ताका रुपमा सन्तोस थपलिया र देविमाया तिम्सिना, उत्कृष्ट ऋणिका रुपमा इन्द्रविलास गौतम र कृष्णकुमारी आचार्य र उत्कृष्ट कर्मचारीका रुपमा सन्ध्या श्रेष्ठलाई सम्मान गरिएको हो ।
सम्मानित व्याक्तित्वहरुलाई यस क्षेत्रका प्रदेश सांसद भक्ति सिटौला, झापा जिल्ला सहकारी संघकी उपाध्यक्ष चम्पा खनाल सुवेदी, दोमुखा सहकारीका अध्यक्ष भरतकुमार थपलिया लगायातले सम्मान गर्नुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष भरतकुमार थपलियाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आफ्ना शेयर सदस्यहरुलाई बिरामी पर्दा विभिन्न अस्पतालसग समन्वय गरि औषधि उपचारको प्रबन्ध मिलाउने लगायातका प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । साथै संस्थाको शेयर सदस्य सङख्या हाल २९१६ रहेकोमा यस आर्थिक बर्षमा ३५ सय बनाइने समेत घोषणा गर्नुभयो ।
कनकाई उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै प्रदेश सांसद सिटौलाले सहकारीले अझैपनि जनताको सारथी बन्न नसकेको र संस्थागत रुपमै गरिवमाथि शोषण गरिरहेको बताउँनुभयो । गरिबी निवारणका लगि आफ्नो तर्फबाट निति निर्माण र सहुलियतका लागि आफु लागिपर्ने समेत बताउँनुभयो । कार्यक्रमको संचालन सचिव छवि थपलियाले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष रोमादेवि खतिवडाले गर्नुभएको थियो । कनकाई नगरपालिका ३ का वडाअध्यक्ष युवराज चम्लगाई, कनकाई नगरपालिकाका सहकारी विभाग प्रमुख हरिप्रसाद पौडयाल, भीमसेन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायातले शुभकामना राख्नुभएको थियो ।