Kanakai Online

हर्क राई स्मृति कपको उपाधि जलथलको पोल्टामा


शनिवार, पौष ९, २०७९ |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका स्थीत देशकैं चर्चित पर्यटककिय क्षेत्र जामुनखाडी सिमसार क्षेत्रमा निमार्णाधिन जामुनखाडी प्राकृतिक रंगशालामा आज सम्पन्न फाईनल खेलमा जलथल एफसिले जित हासिल गरेको हो ।

फाईनल खेलमा उपाधिका लागि एपिएफ पकली र जलथल एफसि विच प्रतिष्पर्धा भएको हो । निर्धारित समयमा अवधि सम्ममा दुबैंतर्फबाट दोस्रो हाफमा १,१ गोलको बराबरी भएपछि ट्राईब्रेकर गरिएको थियो । ट्राईब्रेकारमा जलथलले ५ र एपीएफ पकलीले ४ गोल मात्र फर्काउन सक्यो । उपाधि विजेताले नगद रु १ लाख ११ हजार सहित ट्र्रफि कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेलको हातबाट प्राप्त गरे भने उपविजेता एपीएफले नगद रु। ५५ हजार र ट्र्फि स्वर्गीय हर्कराईकी श्रीमति र हर्क राईका परिवारका सदस्य दिलिप राईबाट हात पारे ।

आजको खेलबाट म्यान अफ दिन म्याच साथैं प्लेयर अफ दि टुर्नामेण्टको उपाधि जलथल एफसिका गोलकिपर समिर लिम्बूले नगद र ट्रफि पुरस्कार पाउन सफल भए । यसैंगरि सर्वाधिक गोलकर्ताको पुरस्कार एफिएफ पकलीका जर्सी नम्बर ४ का अरविन्द चौंधरीले नगद रु। ११ हजार १ सय ११ प्राप्त गर्न सफल भए । कार्यक्रमका अबसरमा खेललाई विभिन्न विद्यामा सहयोग पुर्याउने संघसस्था र व्यक्तिहरुलाई सम्मान पत्रले सम्मान गरियो । गत पौंष २ गते उद्घाटन भएको खेलमा झापा,मोरंग र सुनसरीका लोकप्रिय ८ टीमहरु प्रतिष्पर्धामा उत्रिएका थिए ।

निरन्तर खेलकुद आयोजना गरि थप पर्यटकहरु भित्र्याउनु रंगशाला निमार्णको उदेश्य रहेको आयोजक जामुनबारी सामुदायिक बन उपभोक्ता समूह एवं जामुनखाडी पर्यटकीय क्षेत्रका अध्यक्ष ख्यामराज सिटौंलाले स्वागत मन्तव्यमा बताउनु भयो भने जामुनखाडी पूर्वकैं फेवाताल जस्तैं उपमा पाएको पर्यटकिय क्षेत्र भएकाले यस रंगशाला र यसमा सञ्चालन हुने खेलले थप पर्यटकहरुलाई आर्कषण थप्ने नौंलो आयाम हुने कुरामा कनकाई नगर विश्वस्त रहने र यसको सर्वांंगीण विकासका लागि नगर लागि पर्ने प्रमुख अतिथि राजेन्द्र कुमार पोखरेलले बताउनु भयो । सबैंको साथ सहयोग , एकता र हातेमालोका कारण प्रदेश स्तरीय फुटबल प्रतियोगीता सफलता पूर्वक सम्पन्न गराउने सहयोगी सबैंलाई खेलका संयोजक एवं जामुनखाडी स्पोर्टिंग क्लबका अध्यक्ष गणेश गिरीलृे धन्यवाद प्रकट गर्दै कार्यक्रम समापन गर्नु भयो । औंपाचारिक कार्यक्रम क्लवका सदस्य विनोद रानाले गर्नु भएको थियो भने खेलका टिम व्यवस्थापन शुलभ भण्डारीले गर्नु भयो ।

सम्बन्धित खबर