Kanakai Online

सर्वोच्मा मुद्धा विचाराधिन, जग्गा भने प्लटिङ गरि विक्रीको तयारीमा


शुक्रवार, पौष ८, २०७९ |

कनकाई अनलाईन
सर्वोच्चमा मुद्धा विचाराधिन रहेपनि त्यसको ठाडो उल्लघन गर्दै यहाँस्थित दिपज्योती एजुकेशन फाउण्डेशनका संचालकले जग्गामा रहेका सयौ रुख कटान गरि जग्गा प्लटिङ गरि विक्री गर्न थालेपछि संचालनकहरु अन्यायमा परेका छन ।


यहाँस्थित अर्जुनधारा नगरपालिका ६ मा रहेको दिपज्योति एजुकेशन फाउण्डेशनको नाममा रहेको ३ बिगाह जमिन र त्यहाँ बनेको संरचनाहरु र त्यहाँ रहेको १५० वढी विभिन्न प्रकारका रुखहरु समेत संचालक समितिका अध्यक्ष लगायात संचालकहरु लक्ष्मण शिवाकोटी लगायातले आफुलाई पाखा लगाउँदै रुख कटान गरि प्लटिङ्ग थालेको यसका संचालक राजकुमार बिमलीले बताउँनुभयो । आफुलाई कुनै जानकारी नदिइकन धमाधम भवनहरु भत्काउने र उक्त जग्गामा रहेका सबै रुखहरु कटान गरि प्लटिङ गरिसकेको बिमलीले बताउँनुभयो ।

उक्त विद्यालय आफ्ना पिता भरतकुमार बिमली सहित १८ जना शेयरसदस्य मिलि २०४६ सालमा खोलेको र २०६७ सालसम्म विद्यालय संचालनमै रहेको भएपनि त्यसवेलाका केहि संचालकहरुको कारण विद्यालय बन्द गर्नुपरेको बिमलीको भनाइ्र्र छ । आफ्ना पिताको मृत्युपछि उक्त कम्पनीको शेयरधनीका रुपमा आफुले प्रतिनिधित्व गर्दै आएको राजकुमार बिमलीको भनाई रहेको छ । सुरुका केहि मितिहरुमा आफुलाई शेयरधनीका रुपमा बोलाउने गरेपनि पछिल्ला दिनहरुमा भने केही टाठाबाठाहरुले आफुलाई कुनै जानकारी नदिइकन आफै मनोमानी गरेपछि आफु मुद्धामा गएको बिमलीको भनाई छ ।
यस वारेमा सवोच्चमा यहि कार्तिक २७ गतेको निर्णयअनुसार सबै मुद्धा एक्कैचोटी हेर्नुपर्ने भन्दै चाडो पेशी चढाउनु भन्ने आदेश भएको पाइएको छ । तर सवोच्चमा मुद्धा विचाराधिन रहेकै अवस्थामा यस विद्यालयमा रहेका सबै टिक मसला जातका ११० थान रुखहरु समेत काटनका लागि कनकाई सव डिभिजन वन कार्यालय सुरुङ्गाले अनुमति दिएको पाइएको छ । यसवारेमा जिल्ला सव डिभिजन वन कार्यालयले भने सम्बन्धित वार्ड कार्यालयको सिफारिसलाई आधार मानेर रुख कटान गर्न अनुमति दिएको जनाएको छ ।
यता कम्पनी रजिस्टारको अदालतले विद्यालयको माइन्युट झिकाएर आफैसग राखेको भएपनि नक्कली विशेष साधारणसभा गरेको भनी कागजात तयारी पारी जमिन विक्री गर्न तयारी थालिएको भन्दै शेयरधनी बिमलीले अदालतको मानहानी भएको बताउँनुभएको छ ।
यस विद्यालयमा सशस्त्र प्रहरी वलको सुरक्षा वेश क्याम्पसमेत रहिरहेकोमा अध्यक्षले क्याम्प हटाउन भन्दै पत्र समेत काटेको पाइएको छ । केही संचालकहरुले मुद्धा किनारा नलाग्दै रुख कटान, भवन भत्काएर जमिन समेत प्लटिङ समेत गरिसकिएको भन्दै आफुलाई थाहै नदिइएकन विक्री गर्न लागेको भन्दै न्यायका लागि बिमलीले पत्रकार र नागरिक समाजसमक्ष गुहार्नुभएको छ ।
यता विद्यालय समितिले भने आफुहरुले कानुनसम्मत ढंगले काम गरिरहेको दावी गर्नुभएको छ । राजकुमार बिमलीले श्रम अदालतमा मुद्धा हालेको र श्रमले ३ विगाह जमिन मध्ये अढाई विगाह जमिन फुक्का गरेकोले सो जमिनमा आफुहरुले काम थालेको शिवाकोटीको भनाई छ ।
तर राजकुमार बिमलीले भने आफु सवोच्चमा मुद्धा विचाराधिन रहेपनि त्यसको मानहानी हुनेगरि शक्तिको दुरुपयोग गर्दै आफुलाई पाखा लगाउने काम भइरहेको बताउाँनुभएको छ ।