Kanakai Online

विर्तामोड प्रहरीको सह्नायीय कार्य चोरी भएको मोवाइल सेट धनीलाई फिर्ता


सोमवार, असोज १६, २०७४ |

लीलाराज झापाली
विर्तामोड असाज १६ गते । इलाका प्रहरी कार्यालय विर्तामोडले विभिन्न समयमा चोरी भएका मोवाइल सेटहरु आइएमी कोर्डबाट फेलापारि सम्बन्धित मोवाइल धनीलाई जिम्मा लगाएको छ । विर्तामोड क्षेत्रका विभिन्न व्याक्तिले आफनो मोवाइल हराएको भनी मोवाइलको आएमइकोर्ड सहित प्रहरीमा उजुरी दिएका थिए ।
प्रहरीले चोरी भएको तथा हराएका मोवाइलको आएमइकोर्ड र प्रयोग गरिएको सिमको आधारमा जिल्लाका विभिन्न स्थानमा प्रयोग भइरहेका मोवाइलहरु नियनत्रण लिएर सम्बन्धित मोवाइल धनीलाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी प्रमुख डिएसपी राजकुमार सेलुवालले वताउँनुभयो ।
प्रहरीले मेचीनगर ७ का श्रीप्रसाद धिमालको जे फाइभ , विर्तामोड नगरपालिका १ का रुपधन राईको सेमसुङ्ग ग्यालेक्सी जेटु , विर्तामोड १ कै राजेन्द्र चौम्लागाईँको एचटिसी कम्पनीको मोवाइल , अर्जुनधारा ५ का सुमिना चौहानको सेमसुङ्गको जे सेभेन र विर्तामोडकै सन्तोस थापाको सेमसुङ्गकै जेटुको मोवाइल सेट फेला पारि सम्बन्धित मोवाइल धनीलाई जिम्मा लगाएको हो ।
आफुले माया नै मारिसकेको हराएको मोवाइल सेट फेला पारेको भन्दै मोवाइल सेट लिन प्रहरीकोमा पुगेका हरुले प्रहरीको काम गराइलाई धन्यावाद दिएका छन ।
 

सम्बन्धित खबर