Kanakai Online

४५ ग्राम लागुऔषध सहित भारतीय नागरिक पक्राउ


बिहिवार, पौष ७, २०७९ |

कनकाई अनलाईन
नेपाल भारत पुर्वी सिमानाका छेउ झापा मेचीनगर १० कनिष्का धर्मकाटा छेउबाट इलका प्रहरी कार्यालय धुलावारी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले भारत पश्चिम बंगाल घर भएका २३ बर्षिय सारदिन महमदलाई ४५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । प्रहरीले बुधवार साँझ ६ बजेको समयमा उनलाई शंका लागि चेक जाँच गर्दा उनको साथबाट उक्त परिमाणको लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीले आवश्यक कार्वाहीका लागि नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलावारीमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर