Kanakai Online

बायोस्याण्डका नक्कली सामाग्री बजारमा उपभोक्ताको स्वास्थ्यमा खेलवाड


शनिवार, पौष २, २०७९ |

जनक न्यौपाने
झापा र मोरङ्गका पानी सुद्धिकरणका लागि प्रयोग गरिने बायोस्याण्ड फिल्डरका नक्कली सामानहरु बजारमा छ्यापछ्याप्ती पाइदा उपभोक्ताहरुको स्वास्थ्यमाथि गम्भिर खेलवाड भएको भन्दै बायोस्याण्ड फिल्टर उद्यमी संगठनले आपत्ति जनाएको छ ।
बायोस्याण्ड फिल्टर उद्यमी संगठन नेपालले दमकमा पत्रकार सम्मेलन गरेर उपभोक्ताको स्वास्थ्यलाई असर गर्नेगरि कमशल सामाग्रीहरु झापाको दमक नगरपालिका वार्डनम्बर १० र २ नम्बर वार्ड तथा गौरीगञ्ज गाउँपालिका २र३ मा समेत नक्कली र कमशल सामाग्रीहरु प्रयोग गरिएको पाइएको बायोस्याण्ड फिल्टरका केन्द्रिय अध्यक्ष इश्वरप्रसाद दाहालले बताउँनुभयो । मोरङ न्यु उदयपुर बायोस्याण्ड फिल्टर प्रालि रतुवामाईका प्रोपाइटर सन्तोस कुमार रेग्मीले ती क्षेत्रमा नक्कली र न्युनक्तम मापदण्ड पुरा नगरि वायोस्याण्ड फिल्टर जडान गरेको अनुगमनका क्रममा भेटिएको अध्यक्ष दाहालले बताउँनुभयो । ती सम्बन्धित वार्डबाट अनुदानमा बितरण गरिएको करिव ४ सय वटा फिल्टर मापदण्ड नपुर्याई बितरण गरिएकोले कमिशनको चक्करमा परि जनताको स्वास्थ्यमाथि खेडवाड गरिएको पाइएको बायोस्याण्ट उद्यमी केन्द्रिय परिवारको ठहर छ ।

बारम्बार यसवारेमा नगरपालिका र वार्ड कार्यालयलाई जानकारी र सम्बन्धित उद्यमीलाई सचेत गराउदा समेत अटेरी गरेको पाइएकोले अख्तियार अनुसन्धान आयोग र जिल्ला प्रशासन र घरेलुमा समेत उद्योग खारेजीको माग लिएर उद्यमी परिवार जान लागेको समेत पत्रकार सम्मेलनमा जानकारी गराईको छ । वि.स २०६६ सालदेखि नेपालमा वातावरण तथा जनस्वास्थ्य संस्था एन्फोसग समन्वय गरि नेपालका तराईका २२ जिल्लामा सुरक्षित खानेपानी उपलब्ध गराउदै आएको पानी उद्यमीहरुको संस्थाले जनतालाई सुरक्षित र स्वास्थ्य खानेपानीको पहुच पुर्याउदै आएकोमा केहि लोभीपापी व्यावसायी र नगरपालिकाहरुले उनीहरुलाई सहयोग गरिदिदा जनताको स्वास्थ्यमाथि गम्भिर खेलवाड भएको दावी बायोस्याण्ड परिवारको रहेको छ ।
यसका उद्यमीहरु प्रदेश एकमै १७ वटा र देशभर ५२ वटा दर्ता भई संचालमा रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा बायोस्याण्ड फिल्टर उद्यमीका केन्द्रिय अध्यक्ष दाहाल सहित केन्द्रिय सदस्य कमलप्रसाद बास्कोटा, साखा अध्यक्ष दिपक भण्डारी, साखा समिति सदस्य युवराज सिग्देल, व्यावस्थापक कृष्णबहादुर भुजेल, गैसस महासंघ झापाका सदस्य सीताराम खतिवडा लगायातको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर