Kanakai Online

सिचाईं मोटर चोरीका घट्ना बढ्दो,प्रहरी भन्छ सूक्ष्म अनुसन्धानमा छौ


शुक्रवार, मंसिर २३, २०७९ |

शरणामती।झापा गाउँपालिकामा पछिल्लो समय सिचाईं मोटर चोरीका घटना बढ्दै गइरहेको छ।

यहाँ स्थित झापा-६ को भृकुटी चौकमा मात्रै केही दिनमै खेतमा बोडिङ गरेर जडान गरिएका तीन मोटर चोरी भएका छन् ।’सोमबार सम्म मोटर खेतमै थियो आज गएर हेर्दा मोटर चोरी भएको रहेछ स्थानीय नैनकला पौडेलले बताइन् ।मकैबाली लगाउने सिजनमै मोटर चोरीका घटना बढेपछि स्थानीय कृषक मार्कामा परेका छन् ।

यता यस विषयमा मोटर चोरी गर्ने गिरोहलाई निगरानीमा राखेको शरणामती प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक बिरबहादुर भण्डारीले बताए।’मोटर चोरीका घटना दिनप्रतिदिन बढिरहेका छन् ,हामीलाई अहिले सम्म १२ वटा चोरीका घटनाको उजुरी आएको छ भण्डारीले भने ।हामीले सूक्ष्मरुपमा अनुसान्धान गरिरहेका छौ ,चोरी गर्ने गिरोह हामी पत्ता लगाएरै छोड्छौ भण्डारीले भने।

गत दुई वर्ष अगाडि समेत झापा-७ को मदरगाछमा मोटर चोरीमा संलग्न गिरोहलाई मोटर सहित प्रहरीले पक्राउ गरेको थियो।

सम्बन्धित खबर