Kanakai Online

सुरुङ्गाका प्रकृति पुजक किरातीहरुले नाचगानका साथ मनाए चासोक तङ्गनाम


बिहिवार, मंसिर २२, २०७९ |

कनकाई अनलाईन
किरातीहरुको महान पर्व चासोक तङ्गनाम र उधौली पर्व विविध सास्कृतिक कार्यक्रम र पुजाका साथ सुरुङ्गाका किरातीहरुले मनाएका छन ।


झापाको कनकाई नगरपालिका सहित १५ वटै पालिकाहरुको खोला किनार र वन जंगलमा आफ्ना कुल देउताहरुको पुजा र सास्कृतिक कार्यक्रमका बिच चासोक तङ्गनाम र उधौली पर्व मनाइएको हो ।


झापाको कनकाई नगरपालिकाको कनकाई माइ किनारामा आयोजित तङ्गनाम कार्यक्रममा किराती धर्म गुरुहरुले न्वागी पुजा र किरातीहरुको च्याब्रुङ्ग नाच, सहित विविध सास्कृतिक कार्यक्रमका विच मनाइएको छ । कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ्गका केन्द्रिय सदस्य अमृत योङहाङले देशमा बोलिने र लेखिने मुख्य भाषा, लिपि र सस्कृतिको जर्गेनाका लागि चासोक तङ्गनाम पर्व र पुजाको धर्म परम्पराको पुस्ता हस्तानतरण हुनुपर्नेमा जोड दिनुभयो ।

देशमा प्रजातन्त्र नआउदा किरातीहरुले आफ्नो धर्म परम्पराको रक्षा गर्न नपाएकोमा लोकतन्त्रको पुर्नवहालीसगै किरातीहरुले आफ्नो मौलिक धर्मपरम्पराको पुजा गर्न पाएको बताउँनुभयो । कार्यक्रममा किरात सास्कृतिका अन्वेशक समेत रहनुभएका कलाकार हिम्मत नेम्बाङ्गले प्रकृति पुजक किरातीहरुको धर्म सस्कृतिका वारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकामा रहेका सबै जातजातिहरुको लिपिलाई संरक्षणका लागि आधारभुत तहमा समेत विद्यालयमा आधारभुत लिपिको पठनपाठन सुरु गरिएको बताउँनुभयो । कुनैपनि जातिको अन्त्य गर्नुपरेमा उसका भाषा र लिपिको लोप गराउदा उसको सबै अस्तित्वनै अन्त्य हुने भन्दै कनकाई नगरपालिका सबै यस क्षेत्रका धर्म र सस्कृतिको संरक्षणमा लागिपरेको बताउँनुभयो ।
कार्यक्रममा कनकाई नगरपालिका ३ का वडाअध्यक्ष युवराज चम्लगाई, २ का वडाअध्यक्ष प्रताव राई लगायातले यस क्षेत्रको किरात धर्म सस्कृति र परम्पराको संरक्षणका लागि नियमित रुपमा चासोक ताङ्गनाम मनाइदै आएको बताउँनुभयो ।
कार्यक्रमको स्वागत पुर्ण लिम्बुले गर्नुभएको थियो भने संचालन सागर सुब्बाले गर्नुभएको थियो । कार्यक्रमको सहआयोजक तुलसीवारी केलाङ परिवारले गरेको थियो ।
यसैगरि कनकाई नगरपालिका ७ दुर्गापुर, शिवसताक्षी नगरपालिका, अर्जुन

धारा नगरपालिका, बिर्तामोड नगरपालिकाहरुमा समेत नयाँ अन्नको समेत पुजा गर्दै राष्ट्रिय कलाकाहरुको प्रस्तुती सहित चासोक तङ्गनाम मनाइएको छ ।

सम्बन्धित खबर