Kanakai Online

सडक विस्तार गर्दा फाइबर काटिएपछि एनसेलको सेवामा समस्या, कम्पनीले माग्यो माफी


बिहिवार, मंसिर २२, २०७९ |

कनकाई अनलाईन
२२ मंसिर, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सडक विस्तारका क्रममा बुटवल(बर्दघाट र दमौली(आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण सेवा अवरुद्ध भएको बताएको छ । बिहीबार विहानदेखि नै एनसेलको सेवा अवरुद्ध भएको थियो ।

कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको कम्पनीले जनाएको छ । ‘अप्रत्याशित घटनाले सेवामा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं,’ एनसेलले भनेको छ ।

कम्पनीले अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्त्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन एनसेल सबैलाई अनुरोध गरेको छ ।

‘हामीलाई गर्नुभएको माया, विश्वास, समर्थन र समझदारीका लागि हामी सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन्तकप्रति आभारी छौं,’ कम्पनीले विज्ञप्तिमार्फत भनेको छ,’हामी भरपर्दो र गुणस्तरीय सेवाहरू प्रदान गर्न प्रतिवद्घ छौं ।’

सम्बन्धित खबर