Kanakai Online

देउवालाई सम्मानित नेता भएर बस्न शर्माको आग्रह


बुधवार, मंसिर २१, २०७९ |

कनकाई अनलाईन
नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नम्बर १ का सांसद विश्वप्रकाश शर्माले निर्वाचन आयोगले राष्ट्रपति समक्ष अन्तिम मतपरिणाको नतिजा बुझाएसगै चाडै नेपाली कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्ने बताउँनुभएको छ ।

शर्माले बिर्तामोडमा आज प्रेस युनियानद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसको नेतृत्वमा सरकार बन्ने र कांग्रेसमा को संसदीय नेता बन्ने कुराको सुरुवात भने कांग्रेसको बिहिवारबाट सुरु हुने पार्टीको कार्यसम्पादन समितिको बैठकबाट सुरुवात हुने समेत बताउँनुभयो । नेता शर्माले माओवादी केन्द्रले सबैसग सरकार बन्नसक्ने भन्ने विकल्प खुल्ला गरेको बताएपनि एक लोकतान्त्रिक पार्टीले यस्तो निर्णय गर्नुमा कुनै आश्चर्य मानिरहनुपर्ने भन्दै कांग्रेस र गठबन्धन दलमा अलिकति पनि शंका नगर्न अनुरोध गर्नुभयो ।
जनता समाजवादी पार्टीले समेत एमालेसगको समिकरण तोडेको घोषणा गरिसकेकोले देशका सबै ७ वटै प्रदेश सरकार समेत गठबन्धनकै बन्ने भन्दै प्रदेश एकमा समेत गठबन्धनको सरकार बन्ने बताउँनुभयो । सबै प्रदेशमा नेतृत्व कसले गर्ने भन्ने कुरा गठबन्धनको बैठकबाटै टुंगिने भन्दै सरकार भने गठबन्धन दलकै हुने बताउँनुभयो । सरकार निर्माण मात्रै महत्वपुर्ण विषय नभएको र यसलाई ५ बर्षसम्म स्थिरताको सरकार बनाएर लैजाने काम समेत गर्नुपर्ने हुदा यसको नेतृत्व समेत कांग्रेसले गनुपर्ने बताउँनुभयो । हाल आफु सरकारको मन्त्री पदमा जाने कुनै आशक्ति नभएको भन्दै ५ बर्ष सरकारलाई स्थिरतामा लैजादा सरकारका जिम्बेवारीहरु फेरिन सक्ने र त्यसवेला आफ्नो पनि आवश्यकता भएमा भने मन्त्री बन्न सक्ने कुरा शर्माले बताउँनुभयो । साथै शर्माले आफुले अगाडिदेखिनै उठाउदै आएको गगन थापालाई देशको प्रधानमन्त्री बनाउने कुरालाई अगाडि वढाउन सके राजनितिमा एक किसिमको तरङ्ग , विश्वास र आकर्षण पैदा गर्ने र मानिसको हेर्ने दृष्टिकोणलाई पनि बदल्ने बताउँनुभएको छ । तर कांग्रेसको संसदीय दलको नेतामा धेरैको दावी रहेकोमा दावी अनुसार सबैको विकल्प खुल्लै रहेको बताउँनुभएको छ ।

अन्य पार्टीले सुरुमै प्रधानमन्त्रीका लागि जनतामा नाम अग्रिम घोषणा गरेर गए जस्तो कांग्रेसमा नभएकोले विमनेन्द्र निधि, गगन थापा, रामचन्द्र पौडेल, शेखर कोइराला जो नि हुनका लागि विकल्प खुल्लै रहेको
बताउँनुभएको छ । शर्माले बर्तमान प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले भने प्रधानमन्त्रीको लाईनबाट आफु पछि हटेर आफु सम्मानित नेता बनेर रहन सुझाव दिनुभएको छ । प्रधानमन्त्री देउवाले अन्यलाई प्रधानमन्त्रीबाट पछाडि हटेर अरुलाई प्रस्ताव गरिदिदा प्रधानमन्त्रीको सम्मान अरु वढेर जाने समेत शर्माको भनाई थियो । बर्तमान मत परिणामको वारेमा बोल्दै नेता शर्माले कांग्रेस ठुलो दल बनेता पनि हिजो एक्लै निर्वाचनमा प्रतिस्पर्धामा जादा समेत दुई तिहाई र बहुमत ल्याएको भन्दै हाल गठबन्धन गरेर निर्वाचनमा जादा समेत यो नतिजा आएको भन्दै यसको थप समिक्षा आवश्यक रहेको बताउँनुभयो । कतिपय अवस्थामा गठबन्धनका अन्य दलहरुमा भएका समस्या र झापा लगायातका जिल्लाहरुमा कांग्रेस भित्रै रहेका समस्याहरुलाई समेत मिलाउन नसक्दा आशगरेजस्तो चुनावी नतिजा नआएको शर्माको भनाई थियो ।
कार्यक्रममा कांग्रेसका बिजयी झापाका प्रदेश सांसद गोपाल तामाङ्ग, भुमि राजवंशी, कांग्रेस जिल्ला सभापति देउमान थेबे लगायातको उपस्थिति रहेको थियो ।
फोटो ः विश्वप्रकाश शर्मा पत्रकार सम्मेलनमा तस्वीर लीलाराज खडका

सम्बन्धित खबर