Kanakai Online

सुरङ्गामा प्रथम सन्थाल कप फुटबल सुरु


मङ्गलवार, मंसिर २०, २०७९ |

कनकाई अनलाईन
झापा मोरङ जिल्लामा छरिएर रहेका सन्थान युवालाई समेटेर सन्थाली फुटबल क्लव बनाउने उद्धेश्यका साथ झापा कनकाई नगरपालिका स्थित कनकाई माविको खेल मैदानमा प्रथम सन्थाल नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
झापा ४ का संघिय सांसद एलपी साँबाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलल लगायातको आतिथ्यता रहेको थियो ।


झापा र मोरङ्ग जिल्लाका विभिन्न १६ टिमको सहभागिता रहेको प्रतियोगितामा आज सम्पन्न खेलमा पहिलो खेलमा खालबाडी फुटबल क्लव गरामनीलाई २ — ० गोल अन्तरले हराउदै ९ एफसी फुटबल क्लव चद्रगढी बिजयी भएको छ भने दोस्रो क्वाटरफाइनल खेलमा डाब्हा फुटबल क्लव धरमपुर बिजयी भएको छ । डाब्हाले अर्को टिम मदरगाछ फुटबल क्लवलाई २—० गोल अन्तरले हराउदै बिजयी भएको छ । बिजयी टिमका तर्फबाट आशिस र जोन मुमुले गोल गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई क्रमश नगद ३० हजार र २० हजार नगद र शिल्ड प्रदान गरिने आयोजक समितिका अध्यक्ष बाबुलाल मुर्मु बबले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल आगामी मंसिर २४ गते हुने छ ।


प्रतियोगिताबाट एउटा सन्थाल युवाको फुटबल टिम बनाइ सन्थाल युवाको खेल क्षेत्रको विकास र देशमा लोप हुन लागेको सन्थाली जातिको पहिचानलाई देश विदेशभर फैलाउने उद्धेश्य रहेको झापा मोरङ्ग सन्थाल फुटबल क्लवका अध्यक्ष बाबुलाल मुमुले बताउँनुभयो । हामीले सन्थाली भाषा सस्कृति र पहिचानको संरक्षण गर्दै सन्थाली युवाको ससक्तिकरका काम गर्दै जाने छौ । बाबुलालले बताउँनुभयो ।

सम्बन्धित खबर