Kanakai Online

अबैध साखु जातको काठ बोकेको २ ट्याक्टर बरामद


शुक्रवार, मंसिर १६, २०७९ |

कनकाई अनलाईन
ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र प्रहरी चौकी तिरिङखोलाबाट खटिएको प्रहरी टोलीेले अबैध रुपमा लैजादै गरेको २ ट्याक्टर साखुजातको काठ बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरिक्षक ज्ञानकुमार महत्तोको नेतृत्वमा रहेको प्रहरी टोलीले शुक्रवार दिउसो साढे २ बजे झापा मेचीनगर नगरपालिका वार्डनम्बर १ गाडागल्लीमा अन्यत्र लैजादै गरेको मे १ त ७८५४ र मे १ त ३७४० नम्बरका साखुजातका काठ लोड गरिएका ट्याक्टरलाई सोधपुछ गर्दा ट्याक्टरका चालक अन्यत्रै फरार भएपछि ती ट्याक्टर र त्यहाँ लोड गरि लैजादै गरेको अन्दाजी २५० क्युफिट साखु जातको काठलाई बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बरामद ट्याक्टर र साखु जातको अन्दाजी मुल्य २० लाख ५० हजार रुपैँया रहेको समेत प्रहरीले जनाएको छ ।