Kanakai Online

झापामा ट्रिपरको ठक्करबाट एकको मृत्यु


बिहिवार, मंसिर १५, २०७९ |

कनकाई अनलाईन
झापा भद्रपुरमा ट्रिपरले ठक्करदिँदा एक साईकल यात्रीको मृत्यु भएको छ । भद्रपुर नगरपालिका ७ मा ट्रिपरको ठक्करबाट स्थानीय ११ बर्षिय वालिका शिल्पा ऋषिदेवको मृत्यु भएको हो ।

भद्रपुर ७ मा बिहीबार दिउँसो १२ बजे प्र–१–००१–क–७७ नम्बरको ट्रिपरले साईकलमा सवार वालिकालाई ठक्कर दिएर घाईते बनाएको थियो ।

ट्रिपरको ठक्करबाट घाइते बालिकालाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटल लगिएकोमा दिउसो उपचारका क्रममा दिउसो साढे ३ बजे मृत्युभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । हाल ठक्कर दिने ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर