Kanakai Online

अज्ञात रोगका कारण झापा सुरुङ्गामा दुई जनाको मृत्यु


आइतवार, असोज १५, २०७४ |

–डिल्लीराम घोर्साई
सुरुङ्ग, अशोज १५,अज्ञात रोगका कारण झापाको कनकाई नगरपालिका ४ टेक्रामा २ जनाको मृत्यु भएको छ । सुरुङ्गा बजार देखि ४ किलो मिटर दक्षिणमा रहेको मुसहर बस्तीमा पैmलिएको रोगका कारण तीन जना सिकिस्त विरामी परेका छन् ।
तीन दिनको अवधिमा टेक्रा स्थीत मुसहर बस्तीका दुई जनाको अज्ञात रोगका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा २३ बर्षिय नारायण रिसिदेव र २४ बर्षिया बसन्ती रिसिदेव रहेका छन् ।
नारायणको तीन दिन अघि र बसन्तीको गएराति मृत्यु भएको हो । उनिहरु दुबैलाई एकै प्रकारको अज्ञात रोग लागेको थियो । सुरुमा टाउको दुख्ने, ज्वरो आउने र रगत वान्ता भए पश्चात मृत्यु भएको मुसहर बस्तीका रामविलास रिसिदेवले बताएका छन् ।
राम विलासका अनुसार रोग लागेको २ दिन भित्रमा विरामीको मृत्यु हुने गरेको छ । उस्तै प्रकारको रोगका कारण अन्य तीन जना थलिएपछि स्थानिय चिन्तीत बनेका छन् भने मुसहर बस्तीमा त्रास पैmलिएको छ ।
यसरि बिरामी पर्नेमा २७ बर्षिय दुर्गा रिसिदेव, २४ बर्षिया मेनुका रिसिदेव र २४ बर्षिया राधा रिसिदेव रहेका छन् । उनिहरुलाई घरमानै राखि धामीझाँक्री लगाई उपचार गराईदै छ ।
आप्mना देवता बिग्रिएका कारण यस्तो प्रकारको रोग लागेको मुसहर टोलका अगुवाको भनाई छ । अन्धविश्वस र बिपन्नताका कारण अस्पताल जान नपाएका बिरामीको अवस्था चिन्ताजनक रहेको छ ।
स्थानिय अगुवा तथा सम्बन्धीत निकायमा समेत खबर नगरेका कारण संक्रमण पैmलन सक्ने संभावना रहेको देखिन्छ । स्थानियलाई यस बारे केहि थाहा भएता पनि दशैँ मनाउन ब्यस्त रहेका कारण चासो नदेखाएको देखिन्छ । जसका कारण टोलमा नै संक्रमण पैmलने संभावना रहको छ ।

सम्बन्धित खबर