Kanakai Online

झापामा १ लाख भन्दा माथि मत बदर


सोमवार, मंसिर १२, २०७९ |

कनकाई अनलाईन
झापा । गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचनमा १ लाख ४ हजार ९८ मत बदर भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यलय झापाका अनुसार झापा जिल्लामा कुल ६ लाख ६३ हजार ३ सय ११ मतादाता रहेकोमा प्रतिनिधिसभा तर्फ ४ लाख ३६ हजार २ सय ६६ मत खसेको थियो भने प्रदेशसभा तर्फ ४ लाख ३६ हजार ५ सय ८६ मत खसेको थियो जस मध्ये प्रतिनिधिसभा तर्फ २३ हजार ९ सय ६०९५।८१ प्रतिशत० र प्रदेशसभा तर्फ २२ हजार ५ सय ६४९५।४५ प्रतिशत ० मत बदर भएको जानकारी दिएको छ ।

प्रतिनिधिसभाको समानुपतिकमा कुल ६ लाख ६५ हजार ७ सय ९१ मतादाता रहेकोमा ४ लाख ३७ हजार ९ सय २४ मत खसेकोमा २१ हजार ९ सय १९९५।२७ प्रतिशत० मत बदर भएको थियो भने प्रदेशसभा समानुपातिक तर्फ कुल ६ लाख ६३ हजार ३ सय ११ मतादाता रहेकोमा ४ लाख ३६ हजार १ सय ५० मत खसेकोमा ३५ हजार ६ सय ५५९८।९० प्रतिशत० मत बदर भएको जिल्ला निर्वाचन कार्यलय झापाले जानकारी दिएको छ ।