Kanakai Online

झापामा १५६ उम्मेद्धारको जमानत जफत


सोमवार, मंसिर १२, २०७९ |

कनकाई अनलाईन
झापामा १५६ जना संघिय र प्रदेशसभाका उम्मेद्धारले जमानत जफतका लागि भोट ल्याउन नसक्दा उनीहरुको धरौटी जफत भएको छ ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा जमानत जफत हुदा राज्यलाई १५ लाख ६० हजार रुपैँया राज्यकोषमा आम्दामी भएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउँनुभयो । उम्मेद्धारले जम्मा सदर मतको न्युनत्तम १० प्रतिशत मत नल्याउने उम्मेद्धारको जमानत तफत हुने कानुनी प्रावधान रहेको छ ।

झापामा ४ लाख ४७ हजार १ सय ५७ मत खसेको थियो । जसअनुसार कुल मतदाताको ६५ दशमलव ९१ प्रतिशत मत झापामा खसेको थियो ।
निर्वाचनमा सहभागि हुनका लागि निर्वाचन आयोगले प्रतिउम्मेद्धार दश हजार रुपैयाँ धरौटी राख्नुपर्ने नियम रहेको थियो । झापामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ५ प्रतिनिधि सभा सदस्यका लागि ८ महिला सहित १०१ र १० प्रदेशसभाका लागि १० महिला सहित १०६ जनाले उम्मेद्धारी दर्ता गराउनुभएको थियो । पछि फिर्ता लिएपछि प्रतिनिधिसभाका लागि ९४ र प्रदेशसभाका लागि ९८ गरी कुल १ सय ९२ जना उम्मेद्धारले झापामा निर्वाचनमा सहभागिता जनाउँनुभएको थियो ।

यस निर्वाचनमा झापामा प्रतिनिधिसभातर्फ ७९ र प्रदेशसभातर्फ ७७ गरी कुल १ सय ५६ जनाले धरौटी बचाउन नसकेको निर्वाचन आयोग झापाले जनाएको छ । प्रतिनिधिसभा सदस्यतर्फ सवैभन्दा बढी निर्वाचन क्षेत्रनम्बर ५ मा २२ जना र सबैभन्दा कम निर्वाचन क्षेत्रनम्बर १ मा १२ जनाले धरौटी रकम जफत भएको छ । यसैगरी, निर्वाचन क्षेत्रनम्बर २ मा १४ जना, क्षेत्रनम्बर ३ मा १६, निर्वाचन क्षेत्रनम्बर ४ मा २२ जना उम्मेदवारको धरौटी जफत भएको छ ।

यसैगरी प्रदेशसभा सदस्यतर्फ निर्वाचन क्षेत्रनम्बर ५ को २ ‘ख’ मा सवैभन्दा बढी १० र कम निर्वाचन क्षेत्रनम्बर र १ ‘क’ मा ४ जनाको जमानत जफत भएको छ । यसैगरि निर्वाचन क्षेत्रनम्बर १ को प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रनम्बर २ ‘ख’ मा ८, निर्वाचन क्षेत्रनम्बर २ को १ ‘क’ र २ ‘ख’ मा क्रमस ८÷८, निर्वाचन क्षेत्र नम्बर ३ को १ ‘क’ मा ६ र २ ‘ख’ मा ९, निर्वाचन क्षेत्रनमबर ४ को १ ‘क’ ८ र २ ‘ख’ मा ९, निर्वाचन क्षेत्रनम्बर ५ को १ ‘क’ मा ८ जना उम्मेद्धारको जमानत जफत भई धरौती रकम फिर्ता नहुने भएको हो ।