बिर्तामोड समाचारदाता
झापामा डाका र जबरजस्ती करणी मुद्धामा फरार रहेका ७७ बर्षिय वुद्ध धनपति ढुङ्गानालाई जिल्ला प्रहरी कार्यालय झापाले आज पक्राउ गरेको छ ।
कनकाइ नगरपालिका ४ बस्ने ७७ वर्षिया ढुङ्गानालाई २०६७ साल पुस १३ गते जिल्ला अदालत झापाले दोषी ठहर गर्दै सजाय तोकेको थियो ।
अदालतको फैसलापछि फरार रहेका ढुङ्गानालाई सोमबार फैसला कार्यन्वयनको लागी खटिएको जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरी फैसला कार्यन्वयनको निमित्त जिल्ला अदालत झापामा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अदालतको आदेशले ढुङ्गानालाई ६ वर्ष कैद र ७५ हजार जरिमाना सहित झापा जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।