Kanakai Online

झापा ४ मा समानुपातिकमा एमाले पहिलो दल, कुन दलले कति मत पाए ?


आइतवार, मंसिर ११, २०७९ |

कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ को समानुपातिक तर्फको मतगणना सकिएको छ । समानुपातिकमा समेत नेकपा एमाले पहिलो दल बनेको छ । एमालेले २३ हजार ४११ मत ल्याएर पहिलो बन्दा नेपाली कांग्रेसले १७ हजार ३७४ मत ल्याएर दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी घण्टीले १५ हजार १६० मत ल्याउदै तेस्रो दल बन्दा माओवादी केन्द्र हसिया अथौडाले ६४६५ मत ल्याउदै चौथो दल बनेको छ । यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत ६४१५ मत ल्याएर पाचौ दल बनेको छ । झापा ४ मा संघिय लोकतान्त्रिक मंञ्चका दाप सहितको खुकुरीले १४०७ मत ल्याउदै छैठौ दल बनेको छ भने हाम्रो नेपाली पार्टीले १३३५ मतका साथ लौरो सातौ दल बनेको छ । यसैगरि ६५५ मतका साथ मंगोल नेशनल अर्गाइजेशन पार्टीको कुखुराको भाले आठौ स्थानमा रहेको छ भने नबौ स्थानमा जनमत पार्टीको लाउट स्पीकरले ५४१ मत पाएको छ झापा ४ मा दसौ स्थानमा नेकपा एसले कलममा २९५ मतका साथ दसौ हुदा जनता समाजवादी पार्टीको छाताले २८० मत ल्याउदै ११ औ स्थानमा राष्ट्रिय जनमुक्ति पार्टीको घरले २९१ भोट ल्याउदै १२ औ स्थानमा रहेको छ । यसैगरि १३ औ स्थानमा नेकपा मालेले हसिया तारामा २५४ मत ल्याएको छ । १४ औ स्थानमा लोकतान्त्रिक समाजवादी पार्टीको साईकल १६२ मत सहित हुदा जनजागरण नेपाल पार्टीको टर्च लाईटले ११५ मत ल्याउदै १५ औ स्थानमा आएको छ ।

झापा ४ मा अन्य पार्टीहरुमा नेपाल मजदुर किसान पार्टीको मादलले ८१ मत, मौलिक जरोकिलो पार्टीको कम्युटरले ६१ मत, नेपाल समावेशी पार्टीको सुगाले २७ मत, जनता प्रगतिशिल पार्टीको कोदालो बोकेको किसानले ७ मत, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीको महिला पुरुष चुनाव चिन्हले ४ मत, राष्ट्रिय नागरिक पार्टीको चङ्गाले ९ मत, नागरिक उन्मुक्ति पार्टीको ढकियाले ३९ मत, नेपालका लागि नेपाली पार्टीको शंखले ३०, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तीरमा ३१ मत, मितेरी पार्टीको घोडामा ३३ मत, बहुजन नेपाली पार्टीको भर्याङमा १७ मत, नेश्ललिष्ट पिपल्स पार्टीको लाटकोसेरोमा ९ मत, नेपाल लोकतान्त्रिक पार्टी नमस्तेमा १२ मत, नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल गैतीमा १०७ मत, नेपाली कांग्रेस विपिले करुवामा २६ मत, तराई मधेस लोकतान्त्रिक पार्टीले ५ मत, नेपाल जनता पार्टीले कमलको फुलमा १८ मत, विवेकशील साझा पार्टीको तराजुले १७ मत पाएको छ । यसैगरि बहुजन शक्ति पार्टीको जगमा ४ मत परेको छ ।