कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ का बिजयी सांसद लालप्रसाद साँबा एलपीले देशको विकास र निकासका लागि सबै दल मिल्नुनको विकल्प नभएको बताउँनुभएको छ ।
आज कनकाई नगरपालिका परिषरमा निर्वाचन कार्यालयले आयोजना गरेको कार्यक्रममा साँबाले बिजयी प्रमाणपत्र बितरण कार्यक्रममा प्रमाणपत्र बुझ्दै निर्वाचनमा बोलिएका र भए गरेको केहि तितो मिठो भए त्यहि छाडेर अव देशको विकासका लागि सबै दल र मनहरु एक हुनु जरुरी भइसकेको बताउँनुभयो । संघिय सांसदले मुख्यतय निति बनाउँने भएपनि जनताका असिमित आंकाक्षाका कारण विकास निर्माणका कुराहरुलाई समेत निर्वाचनका वेला कबोल गर्नुपरिरहेको भन्दै अब निति र विकासलाई एकसाथ अगाडि बडाउदै लैजाने बताउँनुभयो । देश विदेशमा भए गरिएका विकास निर्माणका वारेमा जानकार हुने गरेकाले यस्तै विकास नेपालमा पनि देख्न चाहिरहेको
भन्दै साँबाले यसैका कारण जुन दल सरकारमा गएपनि त्यस दल विरोधी सेन्टिमेन्ट जनमानसमा हुने गरेको भन्दै यसबाट दलहरुले जनताको भावनालाई बुझेर विकास लगायातका कामहरु गर्नुपर्नेमा साँबाको जोड थियो ।
कार्यक्रममा प्रदेशका बिजयी सांसदहरु राधाकृष्ण खनाल, भक्ति सिटौलाले आफुहरु जनताको भावनाअनुरुप काम गर्ने प्रतिवद्धता जनाउँनुभयो ।
सोही कार्यक्रमका विच झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका सदस्य लालप्रसाद साँबा र प्रदेश सभासदस्यहरु राधाकृष्ण खनाल र भक्ति सिटौलालाई निर्वाचन अधिकृत प्रकाश गौतमले प्रमाणपत्र प्रदान गर्नुभयो । झापाका मुख्य निर्वाचन प्रमुख चन्द्रमणि ज्ञवाली, झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजाल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, जिल्ला निर्वाचन कार्यालय प्रमुख तुलसी नेपाल, नेपाली काग्रेसका क्षेत्रिय सचिव शिव कडेँल लगायातले निर्वाचित जनप्रतिनिधिलाई बधाई शुभकामना दिनुभएको थियो । निर्वाचिन जनप्रतिनिधि साँबाले निर्वाचन जितेपछि निर्वाचनका वेला बोलिएका सबै तितामिठा कुरा विर्सिएर सबैको जनप्रतिनिधि भएर काम गर्ने प्रतिवद्धता जनाउँनुभयो ।