कनकाई अनलाईन
झापा गाउँपालकाको केरा खेतीको केरा ब्लक कार्यक्रमका लागि कृषि ज्ञान केन्द्रले एक थान ट्याक्टर र कृषकहरुलाई पानी तान्ने मोटर प्रदान गरिएको छ ।
झापा गाउँपालिका ३ स्थित यस क्षेत्रका चर्चित केरा कृषक चन्द्र बस्नेत लगायातको टिमद्धारा संचालित साधना सस्कृति नमुना कृषि फर्मलाई केरा खेतीलाई विस्तार आधुनिकिकरणका लागि एक थान ट्याक्टर ५० प्रतिशत अनुदानमा प्रदान गर्नुका साथै अन्य केरा कृषकहरुलाई सिचाईका लागि सिचाई मेशिन प्रदान गरिएको हो । कृषकहरुलाई कृषि सामाग्री झापा गाउँपालिकाका उपाध्यक्ष अन्जु थपलिया, जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख सागर बिष्ट, कृषि ज्ञान केन्द्र्रका अंकित भट्टराई, लगायातले साधना सस्कृति नमुना कृषि फर्मकी अध्यक्ष लक्ष्मी बस्नेत, चन्द्र बस्नेत लगायातलाई ट्याक्टर र केरा कृषक सुब्रतचन्द्र राई लगायातलाई पानी तान्ने मोटर प्रदान गर्नुभयो ।
३ बर्षदेखि यस झापा गाउँपालिकाका विभिन्न वार्डहरुमा उन्नत केरा खेतीको तालिमका लागि साना किसानबाट इजरायल तालिमका लागि गएका स्थानीय युवा चन्द्र बस्नेतले सीप सिकेर गाउँमै केरा खेती लगाउन थालेपछि केहि महिनाअघि सम्म पनि माईको बगरमा रहेको यस क्षेत्रहाल हरियाली केरा खेती लगाएको छ । बस्नेतले इजरायलमा केरा खेतीको तालिम लिएर आएर घरमा त्यतिक्कै मात्रै बसेनन उनले गाउँकै बेरोजगार युवाहरुलाई संगठित गरेर केरा खेतीमा जोडे र उनी केराको बजारीकरणका लागि आफै अग्रसर समेत बने हाल कृषि ज्ञान केन्द्रले चन्द्र बस्नेतको यस जुझारु टिमलाई केरा बोक्नका लागि अनुदानमा सवारी साधन र केरा खेतीमा खनजोतका लागि ट्याक्टर समेत प्रदान गरिसकेको छ ।
झापा गाउँपालिकामा बस्नेतको पहलमा केरा खेती ब्लक कार्यक्रम सफलताका साथ संचालनमा रहेको छ । बस्नेत र अन्य युवाहरुले गाउँको खेर गइरहेको जमिनमा हाल ५० औ बिगाह जमिनमा केरा खेती लगाएका छन । यो समुहलाई बजारका लागि नेपालका ठुला शहर काठमाण्डौ, बिर्तामोड र स्थानीय बजार सुरुङ्गा पुर्याउने गरेका छन ।
कृषकलाई ट्याक्टर तथा कृषि सामाग्री बितरण कार्यक्रममा बोल्दै झापा गाउँपालिकाकी उपप्रमुख थपलियाले केरा खेतीका माध्यमबाट झापा गाउँपालिकालाई देशभर चिनाउन र गाउँको खेर गइरहेको जमिनबाट राम्रो आम्दामी लिन सफल बनेको भन्दै एउटा युवालाई तालिमका लागि विदेश सिफारिस गरेर पालिकाले राम्रो काम गरेको प्रमाणित भएको बताउँनुभयो ।
कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टले कृषि ज्ञान केन्द्रले कृषकलाई उत्पादन लागत घटाउन र बजारीकरणका क्षेत्रमा सहयोग गर्दैै आइरहेको जानकारी दिनुभयो । कार्यक्रममा साधना सस्कृति नमुना कृषि फार्मको आयव्याय संचालक चन्द्र बस्नेतले प्रस्तुत गनुभएको थियो भने कार्यक्रमको सभापतित्व कृषि फर्मकी अध्यक्ष लक्ष्मी बस्नेतले गर्नुभएको थियो । कार्यक्रममा संविधानसभा सदस्य पुजा खनाल, भक्त बानिया, समाजसेवी जग्गनाथ पौडेल, देवेन्द्र राजवंशी लगायातको आतिथ्यता रहेको थियो ।