Kanakai Online

सत्ताको मोलमोलाइ अब सुरु हुन्छ स् अध्यक्ष ओली


बिहिवार, मंसिर ८, २०७९ |

कनकाई अनलाईन
दमक, मङ्सिर ८ गते । नेकपा ९एमाले० का अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन परिणामले मुलुकमा स्थिरता कायम नहुने र सत्ताको लागि मोलमोलाइ सुरु हुने बताउनुभएको छ । निर्वाचन परिणामको ट्रेन्डले मुलुकमा राजनीतिक स्थिरता हुने संकेत नदेखिएको उहाँको भनाइ छ ।

विहीबार झापाको क्षेत्र नं। ५ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचित प्रमाणपत्र लिनु भएपछि संक्षिप्त प्रतिक्रिया दिनुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । “निर्वाचन परिणाम हेर्दा अब दल तथा सांसदहरुको मोलमोलाइ सुरु हुने संकेत देखिएको छ” उहाँले भन्नुभयो ।

अब नयाँ सरकार बन्न नै धेरै समय लाग्न सक्छ भन्नुहुँदै अध्यक्ष ओलीले राजनीतिक अस्थिरताको खेल पुनः सुरु हुने दावी गर्नुभयो । “सरकार गठन प्रक्रियामा भएको फोहोरी खेल अब सुरुवातदेखि नै हुनसक्छ उहाँले भन्नुभयो ।

सरकारमा जाने क्षमता र योग्यताभन्दा पनि अब टाउको हेरेर मोलतोल गर्ने अवस्था आउन सक्ने भन्दै ओलीले थप्नुभयो, “अहिलेको परिणाम त्यति सन्तोषजनक नभए पनि जनताको जनादेश सबैले स्वीकार्नुपर्छ, तर देशको विकासमा यो परिणामले ठूलो भूमिका खेल्न सक्दैन ।” देश विकासका लागि स्थीर सरकारको खाँचो भएको तर परिणामले त्यस्तो हुने संकेत नदेखाएको उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले समग्रमा निर्वाचन निष्पक्ष भए पनि केही ठाउँमा धाँधली भएको उहाँले आरोप लगाउनुभयो । “हामीले कतिपय ठाउँमा धाँधली भएको देखेका छौं । त्यहाँ पुनः निर्वाचन गराउनका लागि निर्वाचन आयोगसँग हाम्रो माग रहेको छ” ओलीले भन्नुभयो ।

ओलीले आफ्नो निर्वाचन क्षेत्रमा निष्पक्ष मतादान गर्ने र मतगणना सकेर परिणाम सार्वजनिक गरेसम्म भूमिका निर्वाह गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो । यस क्षेत्रमा निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित तवरले सम्पन्न गराउन भूमिका खेल्ने सबैप्रति आभार प्रकट गर्दछु, उहाँले भन्नुभयो ।

झापा ५ प्रतिनिधि सभा सदस्यमा ओली, प्रदेश सभा ५९क० मा हिक्मतकुमार कार्की र ५ ९ख० मा होमबहादुर थापा विजय बन्नुभएको छ । ओली विहीबारदेखि नै आफ्नो निर्वाचन क्षेत्रमा विजय जुलसमा सहभागी बन्नुभएको छ ।

सम्बन्धित खबर