Kanakai Online

झापा ४ मा घण्टीलाई रुखले पनि उछिन्यो, घण्टी तेस्रोमा


मङ्गलवार, मंसिर ६, २०७९ |

प्रेमबहादुर जिम्बा

झापा ४ मा २८५९७ मत गणना हुदा पुर्वसांसद समेत रहनुभएका नेकपा एमालेका लालप्रसाद साँबा ९७१० मतले अग्रता बनाउँदा सुरुवाती समयदेखि अग्रता बनाइरहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सम्भु सुस्केरा तेस्रो पोजिशनमा पुग्नुभएको छ । दोस्रोमा नोपाली कांग्रेसका देउकुमार थेबेले ७७७८ मतका साथ दोस्रो हुदा घण्टीका सम्भुप्रसाद ढकाल सुस्केराले ६९२४ मत ल्याउनुभएको छ । कनकाई नगरपालिकाभर पहिलो पार्टी बन्नुभएका घण्टीका उम्मेद्धार ढकाल झापामा भने ज्यादै कम मत ल्याउदा तेस्रो स्थानमा पुग्नुभएको छ । हाल सक्ता गठबन्धनका कांग्रेसका थेबे र एमालेका साँबाबिच चुनावी प्रतिस्पर्धा हुदा सुरुवाती अग्रता बनाएको घण्टीले तेस्रो स्थानमा चित्त बुझाउदै आएको छ ।

हालसम्मको मत गणनामा एमालेका साँबाले १९३२ मतको अग्रता बनाउँनुभएको छ भने घण्टी रुख भन्दा ८५४ मतले पछाडि परेको छ । यसैगरि चौथोमा स्वतन्त्र उम्मेद्धार खुश्बु ओलीको क्रस खुकुरीमा १२४९ मत परेको छ भने पाचौमा हाम्रो नेपाली पार्टीका युक्त भेटवालको ४६५ मत, छैठौमा मंगोल नेशनल अर्गाइनेशन पार्टीका दिलिप धिमालको भालेमा १७५ मत प्राप्त भएको छ । यसैगरि सातौमा संघिय लोकतान्त्रिक राष्ट्रिय मंञ्चका लाहानसिंह तुम्वाफोले १२१ मत ल्याउदा आठौमा जनमत पार्टीका सत्यनारायण राजवंशीले १११ मत ल्याउनुभएको छ । नवौमा लोकतान्त्रिक समाजवादी पार्टीका ग्यासुदिन मियाको ८० मत आएको छ । यसैगरि दशौ स्थानमा स्वतन्त्र उम्मेद्धार नन्द राईको माछोमा ४५ मत आएको छ । हाल कनकाईका सबै ७ वटा वार्डको मतगणना भईसकेको छ भने झापा गाउँपालिकाका आधाजसो वार्डहरु मतगणना भईसकेको छ ।