इन्द्रसिंह राजवंशी
बिर्तामोड । राजनीतिलाई पेशाको रुपमा लिनेहरुले भन्ने गर्छन्– कसैले पनि जोगी हुन राजनीति गर्दैन । तर झापाका अधिकांश राजवंशी नेतृत्वहरुले राजनीतिमा लागेर आफ्नो जायजेथा गुमाएका छन् ।
राजनीति गरेर आर्थिक फलिफाप हुनुको साटो आफ्नो पैतृक सम्पत्ती सकेर कंगाल बनेका उदाहरणहरु धेरै छन् । सांसददेखि मन्त्री बनेका राजवंशी नेतृत्वहरु सबैको हालत उस्तै छ ।
त्यसो त झापाका मुलबासी राजवंशीहरुले मुश्किलले राजनीतिक अवसर पाउ“छन् । यहा“को पुरानो जाति र बहुसंख्यक भएकाले दलहरुले जातिगत सन्तुलन मिलाउनका लागि भए पनि ठाउ“ दिन्छन् । तर सोझा सिधा राजवंशी नेतृत्वहरु कसैले पनि कमाउन सकेनन् ।
उनीहरुको लागि राजनीति अफाप सिद्ध भएको छ । झापा र मोरङमा बसोबास भएका राजवंशीहरुको जनसंख्या डेढ लाखको हाराहारीमा रहेको तथ्याङ्क छ । झापामा जनसंख्याको हिसाबले खस आर्यपछि राजवंशी जाति दोस्रो स्थानमा आउ“छ ।
विगतमा आर्थिक रुपले सम्पन्न राजवंशी जाति राजनीतिका कारणले पनि सकिएको हो । २०२८ सालदेखि राजनीतिमा लागेका पूर्वसहायक मन्त्री टेकनारायण राजवंशीले सात बिघा जग्गा बेचिसके । ऋण धेरै भएकाले अझै पा“च बिघा बेच्नुपर्ने उनलाई खा“चो छ । बाह्रदशी गाउ“पालिकाको भाकुडुब्बामा रहेको पुरानो घरमा जीवनको उत्तराद्र्ध बिताइरहेका टेकनारायणले अब बँचेको दुई अढाई बिघा जग्गाले गुजारा गर्नुपर्ने हुन्छ ।
तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको संस्थापक मानिने टेकनारायण पञ्चायतकालमा जिल्ला पञ्चायतको सभापति र त्यसपछि शाहीकालमा सहायक मन्त्री भएका थिए । ‘इज्जतकासाथ राजनीति गर्दा मैले सम्पत्ती सिध्याउनु पर्यो’ उनले भने ‘पैसा मागेर राजनीति गर्नेहरुले नै प्रगति गरे ।’
राप्रपा नेपालको केन्द्रीय सदस्यबाट राजीनामा दिएर अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकमा लागेका टेकनारायणले आफूले पार्टीलाई डोनेशन दिएर राजनीति गरेको तीतो अनुभव सुनाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमै बसेर लामो समयदेखि राजनीति गरेका जिविसका पूर्व उपसभापति र साविक महेशपुर गाविसका पूर्व अध्यक्ष रोहित राजवंशीको हालत पनि त्यस्तै छ । खानदानी राजनीतिबाट आएका रोहितका पिता गोपालचन्द्रसिंह राजवंशी पञ्चायती कालमा राष्ट्रिय पञ्चायतको उपाध्यक्ष थिए ।
जिविसको उपसभापति र गाविस अध्यक्ष हु“दासमेत रोहितले सुको आना जोड्न सकेनन् । बरु आफ्नो बाउबाजेको पुख्र्यौली सम्पत्ती खर्चिए । ‘राजनीतिलाई पेशाको रुपमा लिन सकिएन’ उनले भने– ‘समाजसेवा गर्दागर्दै यो हालत भयो ।’ विगतमा सयौं बिघा जग्गा भएका जमिन्दार परिवारका रोहितले अब आफूसँग १५–२० बिघा मात्र जग्गा बा“की रहेको यथार्थ सुनाए ।
विगतमा केही नहुनेहरुले राजनीतिबाटै दिन दुई गुणा रात चौगुन्नाका हिसाबले सम्पत्ती कमाएको प्रशस्त उदाहरणहरु छन् । तर श्रीमान श्रीमती दुवैजना सांसद बनेका नारायण राजवंशी र उनकी श्रीमती अम्बिका खबास राजवंशीलाई परिवार धान्नै गाह्रो भइरहेको सुनाउँछन् । उनीहरुले राजनीति गरेर धन कमाउन त सकेनन्, उल्टै आफ्नो पैतृक सम्पत्तीसमेत सके ।
सम्पत्तीको नाममा अहिले उनीहरुको डेढ कठ्ठा ऐलानी जग्गामा टिनको छानो भएको तीनकोठे घर मात्र छ । काकाले दिएको गौरादहको दुई बिघा जग्गा राजनीतिमै लागेर उनीहरुले बेच्नु पर्यो । सँगैका साथी भाइहरुले कमाए–एमालेबाट सांसद बनेकी अम्बिकाले भनिन्– ‘इमान्दार भएर हामीले कमाउन सकेनौं ।’
त्यसैगरी दुई पटक नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेका अमृतलाल राजवंशीले पनि राजनीतिबाट आर्थिक उपलब्धि हासिल गर्न सकेनन् । विगतमा आर्थिकरुपमा सम्पन्न रहेका अमृतलालको अवस्था अहिले गिर्दो रहेको उनका भाइ जगतबन्धुले बताए । थोरबहुत तरिका थाहा छ तर कमाउन ठाउ“ नै दिदैनन्– कांग्रेसका क्षेत्रीय सदस्यसमेत रहेका जगतबन्धुले समस्या सुनाए ।
त्यसो त पहिलो संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नं ३ बाट निर्वाचित माओवादी सांसद पूर्णसिंह राजवंशीले पनि सम्पत्ती जोड्न सकेनन् । ‘सांसदको भत्ताले खान मात्र पुग्थ्यो, कमिशन र भ्रष्टाचार गरेको भए कमाउन सकिन्थ्यो होला’ उनले भने ‘कमाउने लाइन समाउन सकिएन ।’ उत्पादनमा जोड नदिएसम्म राजनीतिले मात्र राजवंशीहरुमा आर्थिक रुपान्तरण नहुने उनको सुझाव छ ।
त्यस्तै झापामा स्थानीय तहको प्रमुखमा निर्वाचित हुने राजवंशी जातिका एकमात्र नेतृत्व खड्ग राजवंशीले पनि राजनीतिलाई पेशाको रुपमा लिन सकेनन् । विगतमा जिविसको उपसभापति र राजगढ गाविसको अध्यक्ष भइसकेर हाल बाह्रदशी गाउ“पालिकाको प्रमुख रहेका खड्गले राजनीति मै लागेर ६–७ बिघा जग्गा मासिसकेको बताउँछन् ।
‘अलि धेरै जग्गा भएर अप्ठ्यारो नपरेको हो, त्यतिमात्र जग्गा भएको भए म यतिबेला सुकुम्बासी भइसक्थे’ उनले कुरा नलुकाई भने । नेपाली कांग्रेसमा आबद्ध भएर २०४६ सालदेखि राजनीति थालेका खड्ग जिल्ला सदस्य, क्षेत्रीय सभापति ह“ुदै हाल महाधिवेशन प्रतिनिधि छन् । उनले कसैको कामको लागि एक लिटर पेट्रोल नलिएको बताउँदै यस्तै इमान्दारिताले राजवंशीहरुले केही गर्न नसकेको स्वीकार गरे ।
यही आदर्शको राजनीति राजवंशीहरुको लागि अभिशाप बनेको छ । अब धेरै दिन आफूहरु राजनीतिमा टिक्न नसक्ने राजवंशी नेतृत्वहरुले चिन्ता गरेका छन् । अहिलेको पुनःसंरचनालाई हेर्दा संसदीय निर्वाचनमा चाहेर पनि अब राजवंशीहरुले उम्मेदवार बन्न र जित्न हिम्मत गर्न नसक्ने खड्गले बताए । अब एक दुई अवधिभन्दा बढी स्थानीय तहमा पनि राजवंशीहरु नपर्ने राजवंशी अगुवाहरुको चिन्ता छ ।