Kanakai Online

झापा–१ मा शर्मालाई ४९०१ मतको अग्रता


मङ्गलवार, मंसिर ६, २०७९ |

कनकाई अनलाईन
मेचीनगर, ६ मंसिर । झापा–१ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले मतान्तर बढाएका छन् ।

२४८१५ मत गनिसक्दा शर्माको १२७०० र नेकपा एमालेका तर्फबाट अग्नी खरेलले ७७९९ मत ल्याएका छन् । शर्मा र खरेलको मतान्तर ४९०१ रहेको छ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी ९घण्टी० का होमराज भण्डारीले २२३७, जनता समाजवादी पार्टी नेपालको ढल्केको छाताको ९७, लोकतान्त्रिक समाजवादी पार्टीको साइकल चिन्हको १०५, हाम्रो नेपाली पार्टीको लौरो चिन्हको ८१, नेपालका लागि नेपाली पार्टीको गोलाकारभित्र शंखको ६३ मत ल्याएका छन् ।

त्यस्तै, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चको दापसहितको खुकुरीको ६१, स्वतन्त्रको विकास राजबंशीको क्रस खुकुरीको ५४, मंगोल नेशनल अग्रनाइजेशनको कुखुराको भाले चिन्हले २८८, केन्द्रकुमारी दाहाल स्वतन्त्रको ५ र विदुरकुमार खतिवडाको मुडा चिन्हको २७ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।

सम्बन्धित खबर