Kanakai Online

किसानमैत्री ऐन कानुन र अनुदान ल्याउन मेरो उम्मेद्धारी दर्लामी


बिहिवार, मंसिर १, २०७९ |

झापा क्षेत्र नम्बर ४ को प्रदेश १ बाट लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेद्धारी दिएर घरदैलोमा रहनुभएका झलकसिंह दर्लामी शन्देश माओवादीका तर्फबाट हाल प्रदेशको कृषिमन्त्री समेत रहनुभएको छ । पार्टीको पोलिटव्युरो सदस्य समेत रहनुभएका दर्लामीसग निर्वाचनमा केन्द्रित रहेर कनकाई साप्ताहिकका सम्पादक लीलाराज झापाली र सहसम्पादक आइपी भट्टराईले गर्नुभएको ताजा अन्तर्वाता ।


१) चुनावी दौरानमा तपाई र तपाईको टिम छ प्रचार प्रसारलाई कसरी लिएर जादै हुनुहुन्छ ?
हामी निर्वाचनको प्रचारलाई प्रभावकारी बनाउँनका लागि हामी प्रतिनिधिसभा र प्रदेशसभाका दुबै उम्मेद्धार हामी सगै रहेर जनताको घर आगनमा गइरहेका छौ । मत मागिरहेका छौ र मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा हाम्रो उम्मेद्धारीको पुष्ट्रि गर्दै गोलाकार भित्रको हसिया हथौडा र रुख चिन्हमा मतदान गर्नका लागि सबै मतदातामा अनुरोध गरिरहेका छौ ।


२) सपना कस्तो देखिरहनुभएको छ ?
हामी सपनामा विश्वास गर्ने भन्दा पनि व्यावहारमा कार्यान्वयनको दिशामा अगाडि वढीरहेका छौ, हामी आफ्नो भन्दापनि जनताको आम मतदाताको सपनालाई विपनामा परिणत गर्नको निम्ति दत्त चित्त भएर लाग्नुपर्छ भन्ने हिसावले हामी अगाडि वढिरहेका छौ ।


३) तपाई यस अगाडिको समेत यस क्षेत्रको सांसद रहिसक्नुभएको छ । यस अगाडि पनि भोग मागिरहनुभएको थियो । यस अघि र हालको समयमा के फरक छ ?
हो, ५ बर्ष पहिले पनि म यस क्षेत्रमा जनतामाझ गएर भोट मागिरहेको थिए, अहिले पनि म जनतासग भोट मागिरहेको छु । अघिल्लो पटक कोरा अनुभवबाट म जनताको घरदैलोमा गइरहेको थिए । अहिलेको सयुक्त लोकतान्त्रिक बाम गठबन्धनमा ५ बर्षको समृद्ध अनुभव लिएर ५ बर्षको विकास निर्माण र यस क्षेत्रको समृद्धिको जनप्रतिनिधिको अनुभव लिएर जनताको घर आगनमा जनताको विचमा गइरहेको छु । म अहिले जनताको बिचमा जादाखेरी यस अवधिमा जनतामा मैले गरेका विकास निर्माणका कुराहरु र अब मैले जितेर गएपछि थप गर्ने कामहरु र मैले थालनी गरेको कामरुलाई पुरा गर्ने कामलाई लिएर जनतामाझ जादैँछु । जनताबाट लिएका सुझावलाई लिने र पुरा गर्ने हिसाबबाट हामी अगाडि वढिरहेका छौ । अघिल्लो पटक अनुभव विना म चुनाव लडिरहेको थिए भने अहिले समृद्ध अनुभवबाट हामी चुनाव लडिरहेका छौ ।


४) जनताको घरदैलोमा पुग्दा गुनासाहरु चाहि के कस्तो पाउँनुभयो ?
गुनासोका कुरा गर्दा जनताबाट सबै ठाउँबाट एक्कैचोटी विकासका कामहरु हुनुपर्छ भन्ने कुराहरुको माग आउने गरेको छ । हामीसग भएको सिमित बजेटको बाबजुत पनि उहाँहरुले उठाउँनुभएका शिक्षा, स्वास्थ्य, नदि नियन्त्रण, सडक, पुल बाटाघाटा लगायातका कामहरु छिटो हुनुपर्छ भन्ने मागहरु आएका छन । हामी आवश्यकताका आधारबाट कुन कामलाई पहिला गर्ने र कुन कामलाई क्रमश गर्दै जाने भन्ने वारेमा क्रमश योजना बनाएर प्राथमिकताका आधारमा हामी कामगर्दै छौ, भनेर हामीले बुझाउँदै पनि गइरहेका छौ । जनताले आफ्नै घरआगनीमा विकास निर्माण खोज्ने कुरालाई म अन्यथाका रुपमा लिन्न, हामीले विकास निर्माणका कामहरु गरेका छौ यसलाई हामी बुझाउँदै पनि गइरहेका छौ । विकास निर्माणका बाकी कामहरु पुरा गर्नका निम्ति नै मेरो यो उम्मेद्धारी हो भनेर जनतालाई बुझाउने काम पनि घरदैलोमा गरिरहेको छु ।


५) जनताका यत्रा समस्याहरु छन, यी सबै समस्या र गुनासाहरु पुरा गर्नका लागि मनै उपयुत पात्र हु भन्ने तपाईसग आधारहरु के छन ?
मसगँ ५ बर्ष काम गरेको अनुभव छ, यो पहिलो कुरा हो । यो ५ बर्षको अवधिमा सबै जनताको घर आगनीमा म पुगेको छु । उहाँहरुका सल्लाह सुझावहरु, आलोचनाहरु ीटप्पनीहरु समस्याहरुका विवरणहरु मसग रहेका छन । म यस अवधिमा जनताको घरआगनमा जादा लिएका सुझाव र सुभेक्षाहरु मसग रहेका कारणले गर्दा यी पुराना अनुभवलाई लिएर बाकी कामहरु गर्नका लागि मलाई धेरै सजिलो हुनेछ जुन नयाँ जो कोही आउने नयाँ साथीलाई यी सबै गर्न भने सहज हुदैन जुन सजिलो मलाई छ । प्रशासन र विभिन्न निकाय समेतको समन्वयमा जनताका कामहरु गर्न मलाई जुन सहजता हुन्छ त्यो अन्य साथीलाई नहुन सक्छ त्यसकारणपनि मनै यस झापा क्षेत्र नम्बर ४ को प्रदेश १ मा प्रभावकारी काम गर्नका निम्ति मनै उपयुक्त पात्र हु भन्ने मलाई लागेको छ । यस क्षेत्रका महिला, आदिवाशी जनजाति र विकासको मुल धारमा नरहनुभएका सबै यस क्षेत्रका नागरिकको विकासका लागि मनै उपयुक्त पात्र हु भन्न चाहन्छु ।
६) तपाई यस क्षेत्रको कृषि मन्त्री पनि हो कृषकका यत्रा समस्याहरु छन तपाईको यी जनताको समस्याको समाधानका लागि ठोस योजना के कस्ता छन ?
म प्रदेश सांसद भएको अन्तिम बर्षमा आईपुग्दा मैले कृषि जस्तो महत्वपुर्ण मन्त्रालयको जिम्मेवारी पनि पाएको छु । यो जिम्मेवारीको असली भागिदार पनि यस क्षेत्रका सम्पुर्ण मतदाता महानुभावहरु रहनुभएको छ । तपाईहरुले दिनुभएको सुभेक्षाका कारण मैले प्राप्त गरेको यो जिम्वेवारीलाई वढी भन्दा वढी यस क्षेत्रको हितका लागि मैले लगाइरहेको पनि छु । जुन तपाइहरुले देखिरहनुपनि भएको छ । यसका लागि मैले यस क्षेत्रका सम्पुण कृषि बजार र पशुबजारका निम्ति स्तर उन्नतिका लागि पुर्वाधार निर्माणका निम्ति प्रदेश कृषि मन्त्रालयका तर्फबाट बजेटहरु विनियोजन गरेर यस क्षेत्रका सबै बजारहरुलाई हाटबजार बधशाला र टहराहरु निर्माण गर्ने कामहरु भएका छन । यसका लागि आवश्यक बजेटको विनियोजन गरेको छु । कृषकहरुलाई समस्यामा रहेको रासायनिक मलको दिगो समाधानका लागि अहिले प्रदेश सरकारका तर्फबाट यस क्षेत्रमा प्राङ्गगारिक मल, कम्पोष्ट मल र जैविक मलको कारखाना स्थापना गर्नका निम्ति यसको निर्णय गरेको छु । यसका लागि झापा जिल्लामा १ करोड बजेट पठाउने काम गरेको छु । यहि क्षेत्रमा कारखाना स्थापनाका निम्ति कामहरु अगाडि वढिसकेको छ । यस क्षेत्रमा झापामा २ वटा बन्न लागेको मल कारखानाले पक्कैपनि किसानका समस्याहरुलाई केही हदसम्म भएपनि समस्याको समाधान गर्ने छ । रसायनिक मलको हाहाकारलाई कम गर्नका लागि झापामै खुल्ने प्राङ्गगारिक मल , जैविक मल र जीवाणु मलले महत्वपुर्ण भुमिका खेल्ने छ । यस क्षेत्रका किसानहरुको चैते धानको लागि समस्याका रुपमा रहेका डायर मेशिनको समस्यालाई लिएर मैले उम्मेद्धारी दिदै गर्दापनि यो समस्या समाधान गर्ने छु भनेर पनि मैले प्रतिवद्धता जनाएको पनि थिए । जसलाई म कृषि मन्त्री हुदा यस क्षेत्रका किसानका लागि एक करोड बजेट पठाएर डायर मेशिन खरिदको प्रबन्ध मिलाइदिएको छु । यस क्षेत्रका खासमा सुख्खाग्रस्त क्षेत्रका किसानहरुलाई लक्षित गरेर किसानलाई सिचाईको प्रबन्ध होस भन्नका निम्ति मोटर बोरिङ्ग र साना सिचाईको निम्ति निशुल्क प्रबन्ध गर्नका लागि मेरो क्षेत्रमा बजेट पठाएको पनि छु । यस कार्यक्रममा अव सबै यस क्षेत्रका सबै किसानहरुले यो सुविधा प्राप्त गर्नुहुने छ । मेरो जनप्रतिनिधि हुदाको समयमा म यस क्षेत्रका सबै किसानहरुको पक्षमा वढी भन्दा वढी सुविधाका निम्ति हिजोपनि लागिरहेको थिए आज पनि लागिरहने छु ।
७) तपाई कृषि मन्त्री पनि हो । यस क्षेत्रमा लामो समयदेखि मलको हाहाकार रहेको छ । यस समस्याबाट किसानलाई कहिले मुक्ति दिनुहुन्छ ? किसानको मलको समस्या कहिलेका दिनदेखि हल गनुहुन्छ ??
मैले कहिलेपनि झुटो कुरा गरेको छैन, आश्वासन बाढेको पनि छैन । जहाँसम्म रासायनिक मलको समस्या एउटा राष्ट्रिय समस्याका रुपमा रहेको छ । यस समस्याको स्थायी समस्याको समाधानको निम्ति नेपाल सरकारले जबजसम्म स्थायी रुपमा रासायनिक मलको कारखानाको निर्माण गर्दैन जवसम्म रहिरहने हो । यस वारेमा विज्ञहरुले रासायनिक मलको कारखाना नेपालमा सम्भव छैन उपयुक्त छैन भनिरहनुभएको छ । यसकारण ग्लोबर टेण्डरको माध्यमबाट नेपाल सरकारले अनुदानका माध्यमबाट विदेशबाट रासयनिक मलहरु आयात गनुपर्ने बाध्यता रहेको छ । आज रुस, युक्रेन द्धन्द्ध र विश्वव्यापी कोभिड र विश्वव्यापि आथिक मन्दिका कारणले पनि यो मल आयातको कामहरु भनेजति अगाडि वढाउन सकिरहेको छैन । मेरो तर्फबाट कृषि मन्त्री पनि म भएको कारणले यसै क्षेत्रमा स्थानीय रुपमै मल कारखाना जैविक मल, र विषादीको कारखानालाई स्थापना गरेर किसानका समस्यालाई समाधान गर्ने छौ । मलको समस्या समाधानका निम्ति प्रदेश सरकार, संघिय सरकार र स्थानीय सरकार तीनै तहको सरकारको पहल र समन्वयमा यसको समाधानको लागि मेरो तर्फबाट समन्वय र समस्या समाधानका निम्ति म लागिरहेको समेत जानकारी गराउँन चाहन्छु ।
८) तपाई कृषि मन्त्री पनि हो । तपाईकै क्षेत्रका कृषकहरु जमिनको धनीपुर्जा नपाइर बर्षौदेखि पिडिर रहनुभएको छ । यो समस्याको समाधान किन नर्गनुभएको हो ?
यहि त विडम्बना रहेको छ हाम्रो । जनताले दुई तिहाईको नजिकको अभिमत दिएर अघिल्लो सरकार जनताले धनीपुर्जा वितरण लगायातका कामहरु गर्न उपयुक्त जनमत दिएर पठाएका पनि थिए । यस वेला दुई दुई पटक आयोग बनेर आयोगको नेतृत्व गर्ने साथीहरुले अलिकतीपनि काम गरिदिएको थियो भने आज सम्मका सबै धनीपुर्जाको समस्या रहने थिएन । म आम जनसमुदायलाई के कुराको विश्वास दिलाउन चाहन्छु भने अव बन्ने हाम्रो सरकारले जतिसक्दो चाडो तमाम जग्गाधनीपुर्जा नपाउँनुभएका सबैको हातहातमा हामी धनीपुर्जा बितरण गर्ने छौ । हाम्रो गठबन्धन सरकारले ७७ जिल्लामा आयोग बनाएको छ यस आयोगका माध्यमबाट हामीले फास्ट ट्रयाकबाट धनीपुर्जा बितरणको थालनी भइसकेको छ यसलाई हामी सरकार बनेपनि पहिलो महिनादेखिनै धनीपुर्जा बितरणको कामलाई निरन्तता दिनेछौ । विगतमा हुने रहने नेतृत्वकर्ताको अकमण्यताका कारणले धनीपुर्जा बितरण नभएको समेत जानकारी गराउदै अवका दिनमा यस्तो गल्ती गर्ने छुट कसैलाई छैन । हाम्रो जितसगै धनीपुर्जा नपाउने सबैको धनीपुर्जाको समेत सुनिश्चितता समेत हुने छ ।

९) किसानहरु जहिल्यै मर्कामै छन । उत्पादका वेलामा मल विउ पाउदैनन, दुख्खले उत्पादन गरेको फसलको समेत बजार भाउ पाउदैनन यसका लागि तपाईको योजना के छ ?
पहिलोकुरो त कृषकले उत्पादन गरेको फसलको बिचौलियाका कारण जुन बजार भाउ पाउन सक्नुभएको छैन त्यसलाई बजारभाउका लागि म मेरो नेतृत्वमा तीनै तहको सरकारको माध्यमबाट उचित फसलको मुल्य कायम गर्ने पहिलो मेरो पहल हुने छ । किसानले आफुले किन्ने वेलामा महगो मुल्य लगाएर किन्नुपर्ने र विक्रीका लागि मुल्य नपाउने जुन प्रचलन छ । यसलाई रोक्नका निम्ति नेपाल सरकाबाट एउटा यस्तो संयत्र निर्माण गरिने छ कि त्यसले निम्नत्तम मुल्य निर्धारण गरिदिने र त्यो मुल्यमा विक्री वितरण गर्ने वातावरण मिलाउने विश्वास म सबैलाई दिलाउन चाहन्छु । नेपाल सरकारका माध्यमबाट किसानहरुलाई विभिन्न प्रकारका विशेष अनुदानका कार्यक्रमहरु समेत ल्याएर भएपनि कृषकको हितमा काम गर्नेछु ।
१०) वास्तविक किसानहरुले कुनै अनुदानहरु नपाउने तर जो झोलामा खेतवारी फर्म बोकेर मन्त्रालय धाउनेहरुले मात्रै यस्ता अनुदानका कार्यक्रमहरु पाउने जुन परिपार्टी छ यसको अन्त्य गसरी गर्नुहुन्छ ।
यस अगाडि कतिपय अवस्थामा झण्झटिला प्रक्रियाका कारण पनि हिजोका दिनसम्म पनि यस्ता समस्याहरु भए होला । तर म कृषिमन्त्री भएपछिका दिनमा भने यसमा कृषि अनुदान ऐन जारी गरेर यसै ऐनका माध्यमबाट किसानको बर्गिकरण गरेर वर्गिकृत किसानको आधारमा कृषि ज्ञान केन्द्र र प्रर्देश कृषि निर्देशानालयका माध्यमबाट कृषकहरुले आफ्ना आधारका कारणले पाउनुपर्ने कृषकले प्रतिस्पर्धा र मापदण्डका आधारमा कृषकलाई आत्मनिर्भर बनाउने दिशामा हामी लाग्ने छौ । कसरी हुन्छ कृषकहरुको लागत मुल्य घटाउने र वढी भन्दा वढी मुल्य कृषकलाई दिने हामी तयारीमा छौ । किसानमैत्री ऐन कानुन र अनुदान कार्यक्रम बनाउनकै लागि पनि मेरो जित अनिवार्य छ ।
११) गठबन्धनको प्रचार प्रसार गसरी गरिरहनुभएको छ ?
हामी सरल ढङ्गबाट जनताको घरदैलोमा पुगिरहेका छौ । गठबन्धनको औचित्यका वारेमा जनतालाई बुझाउने काम भइरहेको छ । प्रतिगमनलाई परास्त गर्नका लागि संघिय लोकतान्त्रिक गणतन्त्र र संघियतालाई संस्थागत गर्नका लागि संविधानको रक्षाका लागि यो हाम्रो गठबन्धन हो भनेर जनतालाई बुझाइरहेका छौ । जनताले यो सव बुझिरहनुभएको छ । फेरिपनि पुरा कार्यकाल सांसदलाई चल्न दिने भन्ने वारेमा जनता सजग रहनुभएको छ ।
१२) प्रदेश १ को अव आगामी सरकार गठनवारे निम्नत्तम साझा कार्यक्रम पनि केहि बनेका होला नि ?
पहिलो कुरा त हामीले जुन गठबन्धन बनाईरहेका छौ, यो सरकार पनि गठबन्धनकै रहेको छ । हामी के कुरामा ढुक्क छौ भने गठबन्धन दलहरुकै तर्फबाट बहुमतको ङ्गसरकार बन्ने छ । प्रदेश र संघिय दुबै सरकार गठबन्धनकै तर्फबाट बन्ने छ । मुख्यमन्त्री मन्त्रीहरु बन्ने कुरामा भने हामीहरु गठबन्धन दलहरु ीवच बसेर यसलाई टुङ्गाउने छौ । प्रदेश नम्बर एकमा एमाले वाहेकको बहुमतको सरकार बन्छ । हाम्रो बहुमत आउने छ । आम मतदाताहरु बाम लोकतान्त्रिक गठबन्धनलाई बिजयी गराउन आतुर पनि छन ।
१३) आफ्ना क्षेत्रका मतदाताहरुमा अन्त्यमा के शन्देश दिन चाहनुहुन्छ ?
सम्पुर्ण यस क्षेत्रका आमाबुबा दाजुभाई दिदी बहिनीहरुलाई हामी लोकतन्त्रको संस्थागत विकास र प्राप्त उपलब्धिहरुको रक्षाका निम्ति र यस क्षेत्रको पुर्वाधार निर्माण, स्वास्थ्य शिक्षा, आर्थिक सवलीकरण सहित यस क्षेत्रवाशीको समृद्धिको अप्रेक्षालाई पुरा गर्नका निम्ति हामी सबै गठबन्धनलाई मत दिएर बिजयी गराईदिनुहुन अनुरोध छ ।

सम्बन्धित खबर