Kanakai Online

अर्थशास्त्रमा पिएचडी मगर जनताको घरआगनमा (भिडियो सहित)


सोमवार, कार्तिक २८, २०७९ |

कनकाई अनलाईन
नेश्नलिष्ट पिपल्स पार्टीका केद्रिय सभापति डाक्टर इन्द्रबहादुर थापा मगर हाल आफ्नो पार्टीका लागि काठमाण्डौ क्षेत्र नम्बर १ बाट लाटकोसेरो चुनाव चिन्हबाट उम्मेद्धारी दिएर घरदैलोमा गइरहनुभएको छ ।


नेश्नलिष्ट पिपल्स पार्टीका उम्मेद्धारहरु देशभर आफ्नो चुनाव चिन्ह लाटकोसेरो लिएर घरआगनमा गइरहनुभएको छ । राजनितिशास्त्रमा पिएचडी गर्नुभएका मगर देशको अर्थतन्त्रलाई उकास्न र विदेशीएका युवा शक्तिलाई स्वदेशमै स्वरोजगारमा लगाउँका लागि आवश्यक व्याक्ति रहनुभएको छ ।


नेश्नलिष्ट पिपल्स पार्टीका केन्द्रिय अध्यक्ष डाक्टर मगरको जन्म विं.स २०१५ सालमा भारतीय लाहुरे परिवारमा भएको थियो । हुने बिरुवाको चिल्लोपात भनेजस्तै अध्यानशील र जिज्ञासु र जागरिलो स्वाभाव उहाँमा वाल्यकाल देखिनै रहेको थियो । राजनितिशास्त्रमा पिएचडी गर्नुभएका मगर विद्यालयतहबाटनै राजनितिमा विशेष रुची राख्ने गर्नुहुन्थ्यो । १४ बर्षको किशोर उमेरदेखिनै राजनितिमा सक्रिय मगर तत्कालिन मालेका भुमिगत कार्यकर्ताभएर समेत थुनामा समेत पर्नुभएको थियो । परिवारको रोजाई छोरो पढेर आर्मी अफिसर बनोस भन्नेनै थियो ।

तर मगरको सानैदेखिको हुटहुटी भने राजनितिबाट समाज र देश परिवर्र्तन देशको अवस्था र व्यावस्था परिवर्तननै थियो । सुरुवाती समयमा परिवारिक दवावका कारण मगरले आफ्नो जीवनको पहिलो जागिरे करियार फौजी जीवनबाटै सुरु गर्नुपरेको थियो । लगनशील र मेहेनती स्वाभावका मगरको फौजी जीवन समेत सफलतापुर्वक चलिरहेकै थियो तर समाज र देशको आमुल परिवर्तनको तीव्र चाहना राख्ने मगरलाई भारतीय फौजी जीवन मान्य भएन र १० बर्षको फौजी जीवनबाट अवकाश लिनुभयो ।
भारतीय फौजी जीवनबाट अवकाश प्राप्त गरेपछि मगर २ बर्ष उपप्राध्यापक र ४ बर्ष शिक्षक पेशामा आवद्ध रहनुभयो । तर कहिल्यै सन्तुष्ट नहुने मानवीय स्वाभाव भएर हुनसक्छ मगर शिक्षण पेशामा मात्रै रहिरहन सक्नुभएन । जसका कारण उहाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनी निर्माण कम्पनीहरुमा आवद्ध भएर कार्यगर्न थाल्नु भयो ।

यसरी लामो समयदेखि व्यावसायमा रमाइरहनुभएको भएपनि नेपालको राजनैतिक खिचातानी र अस्थिरताले गर्दा उहाँको राजनैतिक यात्रा पुन सुरुवात भयो । राजनैतिक वैकल्पिक शक्तिका रुपमा रहेको यस नेश्नलिष्ट पिपल्स पार्टीको राष्ट्रिय सभापतिका रुपमा रहनुभएका मगरले यहि मंसिर ४ गते हुन लागिरहेको निर्वाचनमा काठमाण्डौ क्षेत्र नम्बर १ बाट आफुले पार्टीबाट उम्मेद्धारी दिनुभएको छ मगरको चुनाव चिन्ह लाटकोसेरो रहेको छ ।

आफ्नो प्राथमिकताको क्षेत्र जडिबुटी उत्पादन र विकास सम्बन्धि र कृषि रहेको मगरको भनाई छ । देश कृषि प्रधान मुलुक भएपनि अझैपनि देशको ८५ प्रतिशत परनिर्भर रहनुपरेको तितो यथार्थ हाम्रासामु रहेको छ । भारतले हामीलाई ३ महिना मात्रै नाकाबन्दी गरिदियो भने हामी भोकै हुने अवस्थामा पुग्ने र भोको मान्छेले राष्ट्रियता नजोगाउँने पहिला आफु बाच्न खोज्ने भन्दै यसलाई रोक्नका लागि नेश्नालिष्ट पिपल्स पार्टीले अभियान थालिसकेको मगरले बताउँनुभयो । मुखले भन्नुभन्दापनि कामले सबैमा यो कुरा पुरा गरिछाडने मगरको प्राथमिकता रहेको छ बोलेका कुराहरु मानिसले पत्याउन छाडिसके हामीेले हाम्रा सदस्यहरुकै माध्यमबाट यस कार्यक्रममा लागेर परिवर्तनको सुरुवात गर्न थाल्छौ तव सबै अभियानले सार्थकता पाउने मगरको भनाई छ । मुलुकलमई आर्थिक सबृद्धितर्फ लैजाने फरक र स्पष्ट कार्यदिशाका साथ मुलुक परिवर्तन गर्ने प्रयासमा निरन्तर राजनैतिक यात्रामा मगर हुनुहुन्छ ।

सम्बन्धित खबर