कनकाई अनलाईन
दक्षिणी इलामको माई नगरपालिका २ चेप्टीमा करोडौको लागतमा खुलेको ह्याप्पी ड्रिम्स चेप्टीमा स्वदेश तथा विदेशबाट हाल दैनिक सयौको सङ्ख्यामा आन्तरिक तथा बाह्रय पर्यटकहरुको घुईचो लाग्ने गरेको छ ।
पिकनिक र शैक्षिक अललोकन भ्रमणका .लागि खासमा हाल यो स्थान देशमै प्रख्यात कहलिएको छ ।
दैनिक रुपमा पिकनिक खान रमाइलो गर्न र शैक्षिक अवलोकनका लागि यस क्षेत्रमा सयौको भीड लाग्ने गरेको छ ।
पहाडको विचबाट झर्ने गरि बनाइएको कृतिम चेप्टी झर्ना र त्यसको आसपासमा लगाइएको विश्वका विभिन्न देशबाट ल्याइएको वनस्पतिहरु हेर्न र मनोरञ्जन लिन हाल दैनिक रुपमा ३ हजार भन्दा वढी पर्यटकहरु त्यहाँ पुग्ने गरेको ह्रयाप्पी ड्रिम्स चेप्टीका व्यावस्थापक नितेश ओलीले बताउँनुभयो ।
एक बर्ष पहिलेसम्म पनि घर गाउँले बाहेक मुस्किलले चार्डपर्वमा मात्रै आफ्ना पाहुनाहरुको मात्रै चहलपहल हुने यस क्षेत्रमा हाल दैनिक हज्जारौको सङख्यामा घुम्न आउनेहरुको सङख्या देखिने गरेको स्थानीयको भनाई छ । आन्तरिक तथा वाह्रय पर्यटकहरुको सङख्या वढेसगै आफ्नो व्यापार यावसाय वढेको स्थानीयको भनाई छ ।
यस अघि झापा सुरुङ्गामा हेप्पी ल्याण्ड सेल्फी डाँडा खोलिसकेका दिनेश शिवाकोटीले करोडौको लागतमा झापाको सिमामै रहेको माई नगरपालिका २ चेप्टीमा स्थानीय नाम चेप्टीकै नामबाट खोलेको यस ह्याप्पी ड्रिम्स चेप्टी २०० रोपनी क्षेत्रफलमा फैलिएको छ ।
हालसम्म ४० करोड रुपैँया खर्च भईसकेको यस चेप्टी फर्नपार्कमा केवलकारसहितको निर्माणपछि अर्बै लगानी लाग्ने शिवाकोटीले बताउँनुभयो । केवलकार बनेपछि स्थानीयलाई रोजगारीको साथमा कोही गाउँले विरामी हुदा केवलकारलाई निशुल्क एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिने निर्णय समेत चेप्टीले गरेको शिवाकोटीले बताउँनुभयो ।
केटाकेटीहरुका लागि खेल्ने खेल सामाग्री समेत राखिएको यस क्षेत्रमा, रक गार्डेन, हास पोखरी, विभिन्न मुर्तिहरु, पोखरीमा संचालनमा लागि पानी जहाज समेत बनाइएको छ । हाल दैनिक ४ सयजनाले दैनिक रोजगारी गरिरहेको यस क्षेत्रमा दैनिक हज्जारौको सङ्ख्यामा नेपालका विभिन्न जिल्ला तथा भारत, भुटानबाट समेत पर्यटकहरु आएर रम्ने गरेको यस क्षेत्रसम्म पुग्न
पुर्वपश्चिम राजमार्ग दुर्गापुर २४ किलोमिटर उत्तरमा रहेको यस क्षेत्रमा मोटरसाईकल, गाडीमा सहजै पुग्न सकिने र आफ्नै यातायातको साधन नहुनेहरुका लागि चेप्टीद्धारा आफ्नै निजि बस समेत संचालनमा ल्याइएको चेप्टीका संचालक दिनेश शिवाकोटीले बताउँनुभयो । चेप्टीमा चाडै केवुलकार र जिप लाईनको सेवा समेत सुचारुको योजना बनाइएको शिवाकोटीको भनाई छ ।
जिप लाईन तत्कालै र केवलकारका लागि सम्भाव्य अध्यानको काम सुरु गरिसकिएको छ । चेप्टीले आफ्नै लगानीमा रिर्सोट समेत सुरु गरिसकेको र घुम्न लाउने जो कोहीले पनि कम्तीमा दुई दिनसम्म यस क्षेत्रमा रमाइलो गर्न पाउने संचालक शिवाकोटीको भनाई छ ।