कनकाई अनलाईन
निर्वाचनमा हुनसक्ने रगतको अभावलाई टार्न यहाँस्थित झापाको कनकाई नगरपालिका ८ लक्ष्मीपुरमा कारितास नेपालको आयोजनामा गरिएको रक्तदानमा ११ महिला सहित ५० जनाले रक्तदान गरेका छन ।
निर्वाचनको वेला र जिल्लामा वढिरेहेको डेँगु संक्रमणका कारण रगतको कमि भएको कारणले कारितासले स्थानीय लक्ष्मीपुर बजार व्यावस्थापन समिति र टेक्पो व्यावसायी संघसगको समन्वयमा रक्तदान गरेको कारितास नेपालका प्रदेश क्षेत्रिय प्रबन्धक देवेन्द्र पोखरेलले बताउँनुभयो । कारितास नेपाल कोभिड १९ आर्थिक पुर्नलाभ परियोजनाद्धारा संचालित कोभिड १९ सम्बन्धि जनचेतना तथा रक्तदान कार्यक्रममा रेडक्रस सोसाईटी बिर्तामोडको प्राविधिक सहयोग रहेको थियो ।
रक्तदान कार्यक्रममा लक्ष्मीपुर बजार व्यावस्थापन समिति र लक्ष्मीपुर अटो व्यावसायी संघको सहकार्य तथा कनकाई नगरपालिका वडानम्बर ८ को समन्वय रहेको थियो । कारितास कोरियाको आर्थिक सहयोगमा यस क्षेत्रमा कोभिडका बेलादेखि आर्थिक पुर्नलाभ परियोजना संचालमा रहेको थियो । रक्तदान कार्यक्रममा कनकाई नगरपालिका ८ नम्बर वार्डअध्यक्ष लीलाबहादुर कटुवालको प्रमुख आतिथ्यता तथा घैलाडुब्बा इप्रकाका प्रमुख कुमार ढकाल, अटो व्यावसायीका अध्यक्ष राजु बेडारी, कारितास नेपालका क्षेत्रिय प्रबन्धक देवेन्द्र पोखरेल, परियोजना अधिकृत हिमालय अधिकारी, कारितास नेपालका कनकाई नगर प्रमुख विवेक शिवाकोटी, होम भट्टराई लगायातको आतिथ्यता रहेको थियो ।