Kanakai Online

विश्वप्रकाशले हारको हेट्रिक गर्छन खरेल


सोमवार, कार्तिक २१, २०७९ |

कनकाई अनलाईन

बिर्तामोड । झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अग्निप्रसाद खरेलले आसन्न निर्वाचनमा विश्वप्रकाश शर्माले नयाँ किर्तिमान कायम गर्ने बताएका छन् ।

चुनावी घरदैलो अभियानका क्रममा शनिवार मेचीनगर– १३ पुगेका खरेलले हारको हेट्रिक गर्दै नयाँ किर्तिमान कायम गर्ने बताए । तेस्रो पटक संघीय निर्वाचनमा उम्मेदवार बनेका कांग्रेसका उम्मेदवार शर्माले तस्रो पटक पनि पराजय व्यहोर्दै नयाँ किर्तिमान कायम गर्ने उनको भनाई छ ।

वडा नं. १३ को विभिन्न टोलमा घरदैलो अभियानलाई सम्बोधन गर्दै खरेलले भने, – शर्मा जी पहिलो पटक परिचयका उम्मेदवार बनेको भन्नुहुन्थ्यो, दोस्रो पटक अनुभवका लागि र तेस्रो पटक हारका लागि उम्मेदवार बन्नुभएको हो । उहाँलाई हारका लागि यो पटक पनि कसैले रोक्न सक्दैन ।’

शर्मालाई आफ्नो प्रतिष्पर्धीका रुपमा हेरेका खरेलले मतदाताको अपार माया पाएको भन्दै सत्ता गठबन्धनको चर्तिकलाले नै उनलाई मत नदिने बताए । गठबन्धनको राष्ट्रिय चर्तिकलाले आम दाजुभाई, दिदी बहिनी दिक्क हुनुभएको रहेछ, खरेल भन्छन् – त्यसैले गठबन्धनको थप चर्तिकला हेर्न कोहि तयार हुनुहुन्न ।

चुनावी अभियानका क्रममा अधिकांशले अघिल्लो पटक राम कार्की जिताएर पछुताइरहेको प्रतिक्रिया आइरहेको खरेलको भनाई छ । कार्की जीलाई एमालेले सिँगारेर पठाएकै हो, उनले थपे – ‘उहाँले काम गर्नुभएन त्यो सत्य हो । अचम्मको कुरा, अघिल्लो निर्वाचनमा जसलाई हराउनु भयो अहिले उनैलाई जिताउन लाग्नु भएको छ । काम नगर्नेहरु एकै ठाउँमा जम्मा भएको कुरा हेक्का राखिदिनुहोस् ।’

मतदातासँग मत माग्दै घरदैलो अभियान चलाइरहेका उनले जनताका समस्या समेत संकलन गरिरहेका छन् । धेरै मतदाताले खरेललाई राम कार्की जस्तो नबन्न सूझाव समेत दिइरहेका छन् । उक्त प्रशंगमा खरेलले आफ्नो विगत र वर्तमान अध्ययन गरेर मत दिन आग्रह गर्दै आएका छन् । मतदाताको सकारात्मक प्रतिक्रियाले उत्साहित खरेलले भावनाको राजनीतिसँग नबहकिन आग्रह गरे । उनले भने, विश्वजीले भावनाको राजनीति गर्दै हुनुहुन्छ तपाईहरु सचेत रहनुहोस् । उहाँलाई जनताको निम्ति गरेका विकास र निर्वाचनपछि कहिले कहिले गाउँ आउनु भन्ने प्रश्न गर्नुहोस् ।

जनताको सुख दुखको पार्टी नै एमाले भएको भन्दै उनले गरिव जनतालाई हेर्ने पार्टी एमालेलाई मतदान गर्न आग्रह गरेका छन् । कांग्रेसबाट देश तरिनेवाला नभएको उनको भनाई छ ।

सम्बन्धित खबर