Kanakai Online

तमु प्ये ल्हु संघ जिल्ला कार्यसमितिद्वारा कलाकार सम्मानित


सोमवार, कार्तिक २१, २०७९ |

कनकाई अनलाईन
तमु प्ये ल्हु संघ जिल्ला कार्यसमितिको आयोजनामा यसपालिको देउसी भैलो कार्यक्रमको आयब्यय सार्बजनिक गर्दै कलाकारहरुलाई सम्मान गरिएको छ । देउसी भैलो कार्यक्रममा कलाकारिता क्षेत्रबाट उच्च योगदान पुर्याएका कलाकारहरुलाई सम्मान गरिएको प्ये ल्हु संघको केन्द्रिय युवा समिति दित्तिय उपाध्यक्ष अर्पण गुरुङ ९तमु० ले जानकारी दिनुभएको छ ।

जिल्ला अध्यक्ष राम कुमार तमुको सभापतित्वमा शनिबार अर्जुनधारा ६ को लाहुरे दाजुभाई रेड हाउसको सभाहलमा आयोजित स्वागत सम्मान कार्यक्रममा १५ जना कलाकारलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । उनिहरुलाई प्रमुख अतिथि अर्पण तमु, जिल्लाको सल्लाहकार संयोजक महेश गुरुङ, बिशेष अतिथि प्रदेश उपाध्यक्ष चन्द्र पोजु, कोषाध्यक्ष नर कुमार तमु लगायतले प्रमाणपत्र र मायाको चिनो सहित सम्मान गर्नुभएको जिल्ला सल्लाहकार संयोजक महेश गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय युवा समिति दित्तिय उपाध्यक्ष अर्पण गुरुङ ९तमु० ले तमु जातिको धर्म सस्कृती, संस्कार, भेष भुसाको पहिचान गरि बिकास र प्रवर्द्धन गर्न यस्ता देउसी भैलो कार्यक्रमले महत्वपूर्ण भुमिका खेलेको उद्घघोस गर्नुभयो । वहाँले भविदिनमा विभिन्न क्रियाकलाप गर्दै बृहत कार्यक्रम गर्नुपर्नेमा जोडदिनुभयो । त्यस्तै बिशेष अतिथि प्रदेश एकका उपाध्यक्ष चन्द्र पोजुले जिल्ला संघले गरेको यो कार्यक्रमको खुलेर प्रशम्शा गर्नुभयो ।

तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति उपाध्यक्ष श्याम तमुले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन सचिव रन्जित तमुले गर्नुभएको थियो ।

सम्बन्धित खबर