Kanakai Online

गठबन्धन पुरा गर्ने कुरा मात्रै बोल्छ, थेबे


आइतवार, कार्तिक २०, २०७९ |

कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्धार देउमान थेबेले आफुलाई यस क्षेत्रका सबै समस्याहरुका वारेमा जानकार भएकोले निर्वाचित हुनासाथ सबै क्षेत्रको समस्या समाधानका लागि प्राथमिकताका आधारमा लागिपर्ने बताउँनुभएको छ ।
झापा सुरुङ्गास्थित जुकेकल्भटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थेबेले यहाँको विकास र उन्नति कसरी गर्नुपर्छ यहाँका बाटाहरुलाई कसरी स्तर उन्नति र पिच गर्नुपर्छ, शिक्षण संस्था र स्वास्थ्यका समस्याहरु के कस्ता रहेका छन । भन्नेकुरा आफुलाई राम्ररी थाहा भएको भन्दै जनताले आफुलाई समस्याका वारेमा जानकारी नगराईकन सिलसिलेवर रुपमा काम गर्ने प्रतिवद्धता जनाउँनुभयो । थेबेले भन्नुभयो यी र यस्ता समस्याहरु मैले पनि भोगिरहेको हुदा समस्या सुन्नेलाई भन्दा आफै भोग्नेलाई सबै समस्याहरुको वारेमा वढी जानकारी हुने थेबेको भनाई थियो ।

प्रदेशसभा सदस्यका उम्मेद्धार एकराज उप्रेती समेत उपस्थित चुनावी सभामा थेबेले यस क्षेत्रका दुबैजना उम्मेद्धारहरु यसअघिको निर्वाचनमा पराजित भएर पनि जनताको समस्यामा मुक दर्शक नभएको भन्दै यसपटक यस क्षेत्रका जनताले दुबैजनालाई मत दिएर न्याय दिने विश्वास रहेको समेत थेबेको भनाई थियो । विकास निर्माणको पद्धतिलाई अगाडि वढाउनका लागि आफुहरु दलहरुको प्रतिनिधिका रुपमा आफुहरु निर्वाचनमा आएको भन्दै गाउँ ठाउँको समस्याका वारेमा आफुहरु मात्रै जानकार भएको थेबेले बताउँनुभयो ।
स्थानीय विकासमा आफुले खेलेको भुमिकाहरुको उदाहरण दिदै थेबेले जामुनखाडीलाई जामुनखाडी सिमसार र पर्यटकिय स्थल वनाउनका लागि पहिलेदेखिनै मन्त्री स्तरीय निर्णय लगायातको काममा सहयोग गरेको र यस क्षेत्रको रिङ्गरोड निर्माण र यहाँका हरेक विद्यालयलाई राष्ट्रपति शैक्षिक परियोजनामा रकम छुट्टाउन आफुले नेतृत्वदायी भुमिका खेलेको थेबेको भनाई रहेको थियो । आफुले पराजय भएर गरेजति पनि बिजयी उम्मेद्धारले विकासका काम गर्न नसकेको थेबेको आरोप थियो ।

राष्ट्रिय योजना आयोगका माध्यमबाट करोडौको बजेट विनियोजन गरिदिएको भन्दै थेबेले आफु निर्वाचित भएमा अबौको विकास बजेट ल्याउने उदघोष गर्नुभयो । कार्यक्रममा बोल्दै प्रदेशसभाका उम्मेद्धार एकराज उप्रेतीले गठबन्धनका उम्मेद्धार विकास गर्नका लागि घरदैलोमा आएको भन्दै आफुहरु निर्वाचिन हुदा वोलेका कुराहरु सबै पुरा गर्ने र नहुने कुराहरु नवोल्ने वताउँनुभयो ।
नेपाली कांग्रेस कनकाई १ का अध्यक्ष मनोज बस्नेतको सभापतित्व तथा कांग्रेस नगर सभापति दुर्गा प्रसाईको संचालनमा भएको कार्यक्रममा स्थानीय समस्याका वारेमा सुर्य थापाले बोल्नुभएको थियो ।

सम्बन्धित खबर