Kanakai Online

अधिकार सम्पन्न जिविस सभापतिहरुको माग


आइतवार, असोज ८, २०७४ |

विर्तामोड असोज ८ गते । संवैधानिक अधिकार सहितको जिल्ला समन्वय समिति सञ्चालन गर्नको लागि स्रोत,साधन सम्पन्न बनाउन माग गरिएको छ ।
जिल्ला समन्वय समिति प्रदेश नम्बर एकका प्रमुखहरुको बेठकले यस्तो माग गरेको हो । शनिबार धनकुटाको भेडेटारमा बसेको बैठकले १० बुँदे घोषणा पत्र जारी गर्दै अधिकार सम्पन्न जिसस माग गरिएको हो ।
घोषणा पत्रमा अनुगमन र समन्वयलाई प्रभाबकारी बनाउन तत्काल कानुनी व्यवस्था गर्नुपर्ने,जिससको कामलाई प्रभाबकारी बनाउन जिसस साझा मञ्च बनाउने,जिससको राष्ट्रिय मञ्चका रुपमा जिसस महासंघ स्थापना गर्ने,पर्याप्त कर्मचारीको व्यवस्था गनुपर्ने,संकलन गर्दै गरेको राजश्वबाट अर्को व्यवस्था नभएसम्म जिसस मार्फत नै विकास आयोजना सञ्चालन व्यवस्था गर्नुपर्ने लगायतका विषय समावेश गरिएको जिसस झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।
यस्तै सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन कार्यविधि र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको योजना छनोटमा जनप्रतिनिधिको भूमिकालाई बाइपास गरिएकोले तत्काल सच्याउन माग गरिएको पोर्तेलले जानकारी दिनुभयो ।
ज्येष्ठ प्रमुख मोरङ जिससका नरेश पोखरेलको अध्यक्षतामा भएको बैठकले स्थानीय सरकार सञ्चालनलाई प्रभावकारी बनाइने बताइएको छ ।