Kanakai Online

पेट्रोलियम पदार्थ खपत कम गर्न कनकाई नगरले खरिद गर्यो विजुलीबाट चल्ने मोटरसाईकल


बुधवार, कार्तिक १६, २०७९ |

कनकाई अनलाईन

झापाको कनकाई नगरपालिकाले पेट्रोलिय पदार्थ कम खपत गर्ने उद्देश्यले दुईथान बिद्युतीय दुई पाङ्ग्रे सवारी साधन खरिद गरेको छ । सुखी नेपाली समृद्ध नेपाल बन्ने आकांक्षा सपनामै सीमित बन्ने भन्दै कुनैपनि राम्रो कामको सुरुवात पहिला आफैँबाट गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै कनकाई नगरपालिकाले बिद्युतीय इलेक्ट्रोनिक्स एउटा मोटरसाइकल र एउटा स्कुटर खरिद गरेको हो ।

हाल विद्युत उत्पादनमा नेपाल आत्मर्निभर भए पनि उक्त विद्युतलाई सवारी साधनमा समय अनुकुल प्रयोग हुन नसक्दा अन्य देशबाट ल्याइने सवारी इन्धनको आयात घटेको छैन ।

त्यसरी इन्धन आयात हुँदा देश वर्षेनी आर्थिक घाटामा गहिरहेको छ । आफ्नै देशको ऊर्जालाई प्रयोग गरेर आफैं समृद्धि बन्नेतर्फ स्थानीय स्तरबाट नै सोच परिवर्तन नगरेसम्म नेपाल र नेपालीको सुखी तथा समृद्ध बन्ने सपना मात्र रहन्छ । त्यसैलाई आत्मसाथ गर्दै कनकाई नगरपालिकाले मोटरसाइकल र स्कुटर खरिद नगरमा भित्र्याएको कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।

दैनिक प्रयोग हुने पेट्रोलियम पदार्थले खर्चसँगै वातावरणीय असर पनि निम्त्याएको छ । इलेक्ट्रिक सवारी साधनको प्रयोगले विदेशिने पैसा स्वदेशमा रहने, इन्धन खर्चलाई मितव्ययी बनाउन, वातावरण र ध्वनी प्रदुषण पनि कम हुने भएकाले कनकाई नगरले परीक्षणको लागि बिद्युतीय बाइक र स्कुटर खरिद गरेको नगरप्रमुख पोखरेलले बताउनु भएको छ ।

बिद्युतीय सवारी साधन कनकाई नगरपालिकाले पहिलो पटक भित्र्याएसँगै अन्य पालिकाले पनि माग पत्र पेश गर्न थोलेको सिटौला इन्टरप्राइजेजले जनाएको छ । अहिले पहिलो चरणमा दुईवटा सवारी साधन भित्र्याएसँगै खर्च कम हुने भएपछि यसको माग नगरभरी नै बढ्दै गएको नगर प्रमुख पोखरेलका स्वकीय सचिव बिजय पाठकले जानकारी दिनुभयो ।

इलेक्ट्रिक सवारी साधनको प्रयोगले विदेशिने पैसा स्वदेशमा रहने, इन्धन खर्चलाई मितव्ययी बनाउन, वातावरण र ध्वनी प्रदुषण पनि कम हुने भएकाले कनकाई नगरले परीक्षणको रूपमा पहिलो पटक दुई वटा सवारी खरिद गरे सगै अब कनकाईमै दुईवटा सम्म चार्जिङ स्टेशन निर्माण गर्ने तयारी गरिरहेको नगरकायोजना प्रमुख विवेक भण्डारीले बताउनु भयो।
ऋजबलमचब
ऋजबलमचब द्यबकलभत

सम्बन्धित खबर