विर्तामोड असोज ७ गते ।
यसवर्षको मेचीनगर पत्रकारिता पुरस्कार स्थानीय जनसंसद दैनिकका समाचार संयोजक लक्ष्मी उप्रेतीलाई प्रदान गरिएको छ । हरेक २ वर्षमा एकदशकभन्दा वढी समय पत्रकारितामा आवद्धरहने एक पत्रकारलाई प्रदान गरिने सो पुरस्काको राशी ११ हजार एकसय ११ रुपैँया रहेको छ । यसैगरी एकवर्षदेखि सक्रिय पत्रकारिता गरिरहेका एक पत्रकारलाई ५ हजार ५५५ सहितको प्रोत्साहन पुरस्कार रेडियो सरगमका प्रतिक न्यौँपानेलाई प्रदान गरिएको छ न्यौपाने एकवर्षदेखि सो रेडियोमा काम गरिरहेका थिए ।
दुवै पुरस्कार मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले प्रदान गर्नुभएको थियो । दुवै पुरस्कारको स्थापना प्रेस क्लव मेचीनगरले गरेको हो । क्लवको दोस्रो अधिवेशनको अवशरमा दुवै पुरस्कार प्रदाना गरिएको हो । यसैविच अधिवेशनले ज्ञानेन्द्र निरौलाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरिएको थियो । कार्यक्रम क्लवका अध्यक्ष सन्तोस आचार्यले गर्नुभएको थियो ।