प्रकाश उप्रेती
आफ्नो जन्मदिनको अवसरमा झापाका एक युवाले दुई दर्जनबढी सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गर्ने भएका छ्न् । मेचीनगर(१२ मा डेरि ब्यबसाय सन्चालन गर्दै आएका राजन चिमरियाले सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गर्ने योजना बनाएको जानकारी दिए ।
कार्तिक १६ गते जन्मदिन परेको चिमरियाले यो पटक सहिद तथा बेपत्ता परिवारको दर्दनाक अवस्था बुझेर सम्मानसहित गौ(दानसमेत गर्ने भएका छ्न् । उनले सहिदहरु बिरेन राजबंशी, नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइकेल, नारायण श्रेष्ठ लगायतको परिवारलाई ८० हजार मूल्य पर्ने साथमा बाछिसहितको ूहोलिस्टेन जातूको गौ(दान गर्ने घोषणा गरेका हुन् ।
सहिद, बेपत्ता परिवार र घाइतेलाई कुनैपनि ठाउँबाट उपयुक्त किसिमको राहत एबम् जिबिकोपार्जनको श्रोतको ब्यबस्थापन नभएको भन्दै युवा राजनीतिकर्मी चिमरियाले भने,(ूमैले जन्मदिनमा मात्रै होइन, अन्य समयमा पनि सहयोग गर्दै आएको छु । त्यसैले १६ गते सहिद, बेपत्ता परिवार र घाइतेलाई एक दिवशिय अध्ययन(अवलोकन भ्रमणका लागि सालघारी, सुखानी, र चेप्टि जाने योजना रहेको छ ।
ूयो पटक ४९ औं जन्मदिनमा मैले देशको आमुल परिवर्तनमा आफ्नो जिबन सुम्पिने सहिद तथा बेपत्ता परिवारका लागि सुखानीमा कार्यक्रमको आयोजना गरेकोछु ।, कार्यक्रममा एकजना पत्रकार जिएन शर्मालाई नगदसहित सम्मान गर्नेछु ।ू
चिमरियाले कोभिड महामारीमा आफ्नै लगानीमा बिरामीलाई निस्शुल्क औषधि घरघरमै पुर्याउने, होल्डिङ सेन्टरमा रहेकालाई दैनिक सय लिटर निशुल्क दुध बितरण, आगलागी वा अग्नि पीडितलाई राहत ( नगद बितरण, सुत्केरीलाई सुत्केरी पोषण बितरण, सयौ गरिब(आदिवासी जनजाति, बिपन्न परिवारलाई निशुल्क स्वास्थ्य बिमा गराउदै छ्न् भने तिन वटा सरकारी बिद्यालयमा दिवा खाजाका लागि निशुल्क दुध बितरण गर्दै सामाजिक कार्यमा अब्बल दर्जाको रुपमा आफ्नो परिचय दिइदै आएका छ्न् ।