कनकाई अनलाईन
सुरुङ्गा असोज ७ गते । दोस्रो कनकाई कप अन्तर जिल्ला स्तरीय फुटवल प्रतियोगिताको यसवर्षको उपाधि अर्जुनधाराले जितेको छ ।
शिवसताक्षी नगरपालिकाकालाई ट्राई ब्रेकरमा पराजिजत गर्दै अर्जुनधारा विजयी बनेको हो । अर्जुनधाराले रनिङ शिल्ड र नगद १ लाख ५ हजार रुपैँया पायो भने दोस्रो बनेको सताक्षीले ५५ हजारमा चित्त बुझायो ।
खेल अवधिभर २/२ गोलको वरावरी भएपछि भएको पेलान्टी सुटमा अर्जुनधारा ३—२ गोल अन्तरले विजयी बनेको हो । खेलमा अर्जुनधाराका तर्फबाट जिवलसिंह थापा र सरोज कार्कीले पहिलो हाफको १२ र दोस्रो हाफको ६ मिनेटमा गोल गरे । शिवसताक्षीको तर्फबाट भानु राई र रोजिन माझिले समेत पहिलो हाफको ३२ र र ३४ मिनेटमा लगातार गोल गरे ।
विजयी तथा उपविजयी हुने टिमलाई खेलकुद विकास समितिका झापाका अध्यक्ष शंकर थापा , अर्जुनधारा नगरपालिकाका मेयर हरि राना , शिवसताक्षीका मेयर चन्द्र शेर्मा एमाले नेता एलपी साँवा लिम्बु , कांग्रेसका नेता देउमान थेवे कनकाई उवासंघ अध्यक्ष कुमारमणि पोखरेललगायातले पुरस्कार दिनुभएको थियो । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा भएको खेलमा झापाका ८ नगरपालिकाको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष ज्योतीकुमार उप्रेतीले बताए ।