Kanakai Online

योगेसले गल्ती गर्दा झापा ११ पराजित


बिहिवार, असोज ५, २०७४ |

लीलाराज झापाली
, असोज ५ गते । झापाको शिवसताक्षी नगरपालिका दुधेमा जारी प्रथम दुबोर्ग दुधे गोल्डकपमा बुधवारको खेलमा मोफसलको चर्चित क्लव झापा ११ हिमालयन सेर्पासग ट्राईब्रेकरमा पराजित भएको छ ।
निर्धारित समय १÷१ गोलको वरावरीमा सकिएपछि खेलको निर्णय खेल रेफ्रीले सोझै पेलान्टी सुटाउटबाट गराएका थिए । पेलान्टी सुट आउटमा हिमालयन सेर्पा ३—२ गोल अन्तरले विजयी बनेको हो । हिमालयन सेर्पाको तर्फबाट विजय श्रेष्ठ ,दिवश उराउ र विके लामाको प्रहार गोलमा परिणत हुदा क्याप्टेन लक्ष्मण जिसिको प्रहार पोलमा लागेर फर्किएको थियो भने भीमसेन दुराको प्रहार वाहिरिएको थियो । झापा ११ का तर्फबाट कर्ण लिम्बु र रविथापामगरको प्रहार गोलमा परिणत हुदा योगेस गुरुङ्गको प्रहार हिमालयनका गोलकिपर भीमसेन दुराले रोक्नुभयो भने झापाका २ खेलाडी पुजन उपरकोटी र बुद्ध चेम्जोङ्गको प्रहार गोलपोस्टबाट निक्कै माथिबाट बाहिरिदा झापा ११ पहिलो चरणबाटै बाहिरिएको थियो ।
खेलमा १५ औ मिनेटमा झापाका योगेस गुरुङ्गले गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभएको थियो । गुरुङ्गले आफनै प्रहार हिमालयनका गोलकिपरले क्लीलर गर्न नसक्दा पुन गुरुङ्गलेनै गोलकिपरलाई विट गर्दै गोल गर्नुभएको हो । पहिलो हाफ १—० गोलले पछि परेको हिमालयनले दोस्रो हाफको सुरुवातमै गोल फर्काएर वरावरी गरेको हो । हिमालयनका विजय श्रेष्ठले ४७ औँ मिनेटमा विकेलामाको पासमा झापाका गोलकिपर किशोर गिरीलाईविट गर्दै गोल गर्नुभएको हो ।
झापाका तर्फबाट खेलको ३१ औँ मिनेटमा झापाका विशाल राईलाई सानो डिबक्समा लडाएपछि झापाले पेलान्टी पाएको थियो तर झापाका योगेस गुरुङ्गले गरेको प्रहार गोलपोस्ट वाहिर वाहिरिएको थियो । बिहिबारको खेलमा योगेस गुरुङ्ग अभाग्यशाली सावित बनेका थिए उनले गरेका दुवै पेलान्टी प्रहार वाहिरिएका थिए । खेलमा दुवै टिमका दर्जनवढी प्रहार गोलमा परिणत नहुदा अग्रता दोब्बर बनाउन सकेनन । भोली शुक्रवारको खेल नेपाल आर्मी र मोरङ्ग ११ विच हुने छ । दुधे युथ क्लवको आयोजनामा संचालन भइरहेको प्रतियोगितामा विजयी हुने टिमले नगद ३ लाख १ हजार र दोस्रो हुने टिमले १ लाख ५१ हजार नगद पुरस्कार पाउने छन । प्रतियोगितामा नेपालका ए डिभिजन तथा स्थानीय आयोजक टिमको सहभागिता रहेको छ ।

सम्बन्धित खबर