Kanakai Online

सुरुङ्गा बजारमा चाड लक्षित सरसफाई


शुक्रवार, कार्तिक ११, २०७९ |

कनकाई अनलाईन
सुरुङ्गा, कनकाई नगरपालिका ३ को आयोजनामा सुरुङ्गा बजारमा चाड लक्षित सरसफाई कार्यक्रमको आयोजना गरिएको छ ।
दसैँ, तिहार, छठ जस्ता नेपालीका मौलिक र परम्परागत चाड पर्वमा नागरिकले आफ्नो घर आगन मात्रै सफा गरेर पुग्दैन बजार र समाज समेतको सरसफाई गर्नुपर्छ भन्ने उद्धेश्यका साथ नागरिक सचेतनाका लागि कनकाई नगरको मुटु मानिने सुरुङ्गा बजार सरसफाईको आयोजना गरिएको कनकाई नगरपालिका ३ का वडाअध्यक्ष युवराज चम्लगाईले बताउँनुभयो ।


सरसफाई अभियानमा बिद्यार्थी, शिक्षक, दलका प्रतिनिधि, संघ संस्था, खेलकुद प्रतिष्ठानका प्रतिनिधि र व्यापारी सर्वसाधरणको उपस्थिति रहेको कनकाई नगरपालिका ३ का वडासदस्य गोविन्द सुवेदीले बताउँनुभयो । हामीले यस अभियानलाई आगामी दिनमा नागरिक समाज, व्यापारी व्यावसायी समेतको सहकार्यमा निरन्तता दिने योजनामा छौ वार्ड सदस्य सुष्मा परियारले भन्नुभयो ।

सम्बन्धित खबर