Kanakai Online

राजवंशी जातिले आज चोर पुजा गर्दै


बुधवार, कार्तिक ९, २०७९ |

कनकाई अनलाईन
राजवंशी जातिले आज चोर पुजा गर्दैछन् ।
लक्ष्मी पुजाको भोलिपल्ट गोबद्र्धन पुजाका दिन उनीहरुले चोर पुजा गर्ने परम्परा रहेको छ । घरको सबैभन्दा सानो बालकले चोरको मुकुन्डो लगाएर गाउँघर डुल्ने र पाएको दक्षिणाले चोर देवताको पुजा गर्ने परम्परा रहेको बिर्तामोड ९ की सकुन राजवंशीले बताइन् ।उनले चोर देवता हुने राजवंशीहरुले चोर देवता पुजा गर्ने गरेको जानकारी दिइन् । उनका अनुसार सबैको घरमा चोर देवता हुँदैन । कतिपयले भाकलको रुपमा चोर पुजा गर्ने गरेका छन् । चोर बनेर गाउँघर डुल्दा दक्षिणा नदिए चोरले घर भत्काइदिने परम्परा रहेको बुढापाकाहरु बताउँछन् ।

हिन्दु धर्ममा चोरलाई पनि पुजा गर्ने गरिन्छ । गणेश चतुर्थीको राति चोर बनेर फलफूल चोर्ने र क्षति गर्ने परम्परा रहेकोमा त्यसलाई कानूनले वर्जित गरेपछि घट्दै गएको छ । त्यस्तै भाद्र शुक्ल चतुर्थीको अवसरमा नेवार समुदायले जीवनमा चोर दोष नलागोस् भन्ने कामनाका साथ बिहान गणेश र राति चन्द्रमाको पूजा गरी चथाः पर्व मनाउने गरेका छन् ।

सम्बन्धित खबर